नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

wwwjerungfilmswwwjerungfilms 23 Feb 2019


सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र भेषभुषाका सम्बन्धमा गहिरिएर अध्ययन तथा अनुसन्धान गर्नका लागि फिनल्यान्ड देखि पर्र्सिज् म्युज्निक्स नेपाल आएका हुन ।


पर्र्सिज्को यो नेपाल भ्रमण दोश्रो पटक हो । यो भन्दा अगाडि सन् २०११ मा नेपाल भ्रमणका लागि आउदा नेपालको मौलिक कला संस्कृतिले उहाँको मन छोएको थियो । त्यसैले यस सम्बन्धि बिस्तृत अध्ययन सन् २०१२ देखि शुरुवात गर्नुभएको थियो । अध्ययनको क्रममा उहाँले लिनु भएको विभिन्न मौलिक पोशाक लाएको तस्विर पोखराको अन्तराष्र्टि«य पर्वातारोहन सङग्राहलयमा राखिएको छ ।


अध्ययनलाई निरन्तरता दिनका लागि सन् २०१८ मा उहाँ फेरि नेपाल आउनुभएको हो । उहाँको “नेसनल कस्टुम अफ नेपाल” नामक पुस्तक प्रकाशनको लागि अध्ययन अनुसन्धानमा

लागिरहनुभएको छ । यस पुस्तकमा उहाँले नेपालका विभिन्न जातिय मौलिक पोशाकबारे आकर्षक तस्बिरहरु समाबेश गरिने छ । अन्य विभिन्न जानकारी तथा अध्ययन अनुसन्धान गरी पुस्तकको प्रकाशन गर्नका लागि उहाँ फेरि ७ वर्ष पछि नेपाल आउनुभएको हो ।


यस बिचमा नेपालको मौलिक परम्पागत भेषभुषा र कला संस्कृति माथि निकै ठुलो प्रभाव पश्चिमी मुलुकको पर्दै गएको हुनाले नेपालको मौलिकता लोप हुदै जानलागेको ठम्याई उहाँले गर्नु भएको छ ।
यसका साथै ७ वर्ष पहिले भन्दा अहिले नेपालको विभिन्न कुनाकाप्चामा सडक पुगेकोले विभिन्न ठाँउमा अध्ययनका लागि जान सजिलो भएको अनुभव उहाँले गर्नु भएको छ भने हिमाली भेगका समुदायहरु कहाँ पुग्न अझै कठिन रहेको पनि बताउनु भयो ।

नेपालका विभिन्न जातजातिहरु विभिन्न ठाँउमा छरिएर रहेको र प्रत्येक ठाँउमा पुग्नका लागि उहाँलाई मौसम तथा अन्य कारणले असर गरेको हुदा उहाँको पुस्तको अध्ययन अनुसन्धानमा ढिलाई भएको बताउनु भयो । उहाको प्रचार प्रसार संयोजक प्रताप सिंह नाछिरिङ हुनुहुन्छ भने “नेसनल कस्टुम अफ नेपाल” नामक पुस्तकमा छुट्टिनु भएका समुदायहरुले उहाँलाई सम्पर्क राखि उहाँको अनुसन्धानलाई सहयोग पु¥याई दिनुहुन समेत अनुरोध गर्नु भएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...