प्रतिनिधिसभामा पाठक र पशुपति

wwwjerungfilmswwwjerungfilms 18 Feb 2019

jerungfilms.com

जेरुङ सम्बाददाता ६ फागुन प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ । भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । उहाँहरुले संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुनेमा पनि जोड दिनुभयो ।
सांसद अमृता थापा र गणेश पहाडीले दोषी देखिए पाठकलाई कारवाही हुनुपर्ने माग गर्नुभयो । सांसद अमरेशकुमार सिंहले गायक शर्माको हालै सार्वजनिक गीतलाई रोक लगाइएको भन्ने सूचना सही हो भने त्यसले लोकतान्त्रिक अधिकार हनन हुने टिप्पणी गर्नुभयो । सांसद झपटबहादुर रावलले गायक शर्माको गीतमा सरकारले कुनै पनि प्रतिबन्ध जिकिर गर्नुभयो ।
सांसद उमाशङ्कर अर्गरियाले ठेकेदारले बाटो निर्माणमा गरेको ढिलाइले नागरिकको स्वास्थ्यमा असर परेकोे भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद घनश्याम खतिवडाले मोरङमा ठेकेदारले बाटो निर्माणमा गरेको ढिलासुस्ती र कमसल निर्माणले जनताले दुःख पाएको भन्दै त्यस्ता ठेकेदारमाथि कडा कारवाही गर्न माग भयो ।

बैठकमा सांसद अमनलाल मोदीले किसानलाई सहज र सुलभरुपमा मलको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद आशाकुमारी विकले हालै बझाङमा भएका सवारी दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति र घाइतेको उपचारमा प्रभावकारी काम गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।

सांसद इन्दुकुमारी शर्माले बर्दिबासको रातुखोलामा मापदण्डविपरीत ढुङ्गा, गिटी, बालुवाको दोहन बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उमा रेग्मीले मालपोत कार्यालयको अनलाइन प्रणाली अस्तव्ययस्त भएको र एक व्यक्तिको नाम अर्को व्यक्तिका नाममा दर्ता हुने समस्या भएको भन्दै तुरुन्त यसमा आवश्यक सुधार गर्न माग गर्नुभयो ।

सांसद कलिला खातुनले मुसलमान विद्यार्थीको छात्रवृत्ति काटिएको छ भन्दै तत्काल उचित व्यवस्था गर्न माग गर्नुभयो भने सांसद कृष्णप्रसाद दाहालले काठमाडौँमा भएको प्रदूषणले वाग्मती नदी भएर बग्ने अन्य जिल्लामा समेत असर परिरहेको र नदीमा जलचर प्राणीको विनाश भएको छ भन्दै आवश्यक सुधारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा भारतको स्वीकृति नभएर केही स्थानमा झोलुङ्गे पुल निर्माण हुन नसक्दा जनताले दुःख पाएको भन्दै यस सम्बन्धमा सरकारले पहल गर्न माग गर्र्नुभयो । सांसद गोपालबहादुर बमले संसद्को शून्य समयको सुनुवाइ पनि शून्य भएको छ भन्दै यसको सुनुवाइ प्रभावकारी बनाउनुपर्ने माग गर्नुभयो । सांसद गङ्गा चौधरीले महिलाको महिनावारी हुनु प्राकृतिक विषय हो भन्दै यसमा रहेको कुप्रथालाई नियन्त्रण गर्न तीनै तहको सरकारले महाअभियानका रुपमा लैजानुपर्ने बताउनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...