मन बहादुर कुलुङ र पूर्णिमा लामाको “ सफल रहोस् जीवन तिम्रो” गितले बजार तताउने पक्का

wwwjerungfilmswwwjerungfilms 15 Feb 2019

सरिना तामाङ,३,फागुन—काठमाण्डौं । लोकप्रीय गायक मन बहादुर कुलुङ र चर्चित गायीका पूर्णिमा लामाको “ सफल रहोस् जीवन तिम्रो” बोलको गीतले बजार तताउने पक्का भएकोे छ । सानैदेखि गित संगीतमा केही गर्छु भन्ने सुनौलो सपना बोकेर यस क्षेत्रमा लागेका गायक मन बहादुर कुलुङ दर्जनौ लोक गीतमा स्वर भरिसकेका छन् ।

जस मध्ये यो पहिलो चलचित्र गित हो । पहिल्यैदेखि विभिन्न रेडियो तथा टेलिभिजनमा बज्दै आएको यो गितले अहिले निकै बजारमा चर्चा पाएको छ । युटूब च्यानलमा भने अपलोड गरिएको थिएन । यो गीतको भिडियोमा आपसी युगल जोडीबीचको माया प्रेम प्रसंगलाई समेटिएको छ ।

समिना कुलुङको शब्द रचना तथा अजयको संगीत रहेको गीतलाई क्षितिज कुलुङले एरेन्ञ गरेका हुन् । यो भिडियोमा मनिता राई, राज कुलुङ,करुणा कुलुङ र बिन्दास बिक्की कुलुङले रोचक अभिनय गरेका छन् । रेबिहाङ राजको निर्देशन रहेको यो भिडियोलाई कृष्ण श्रेष्ठले छायाँङ्कन गरेका हुन् ।

गीतमा यथार्थ जीवनका कथा कहानी समेटिएकोले सबै आम दर्शकले रुचाएका छन् । यो भिडियोलाई आधिकारिक रुपमा कलाखबर टि।भी।ले आफ्नो च्यानलमा अपलोड गरेको छ । गायक कुलुङ पछिल्लो समय निर्देशन तथा टेलिफिल्म निर्माणमा समेत लागेका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...