बैनाबट्टा चलचित्र बन्ने पक्का, देबेन्द्र नेम्वाङ,कविता राई,बाबु मोक्तान, र रश्मिला तामाङले डेब्बु गर्दै

wwwjerungfilmswwwjerungfilms 12 Feb 2019


राजकुमार राई, २९, माघ —काठमाण्डौँ । सुम्हात्लुङ फिल्मस प्रा.लि.को ब्यानरमा नयाँ चलचित्र बैनाबट्टा बन्ने पक्का भएको छ । सोमबार राजधानी काठमाण्डौंमा सञ्चारकर्मीहर माझ शुभ—मुर्हत गर्दै सो कुरा चलचित्र यूनिट टिमले सार्बजनिक गरेको हो । नेपाली कथानक चलचित्र बैनाबट्टाकोे सोमवार शुृभमुहुर्त सम्पन्न भएको छ । प्रमुख अतिथि संघिय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले क्यामेराको स्विच थिचेर चलचित्र बैनाबट्टाकोे शुृभमुहुर्त गरेका थिए ।

शुभमुहुर्त पछि नरिवल फृटाएर नायक नायिका लगायत सम्पूर्ण चलचित्र यूनिटले क्यामेरा पूजा गरेका थिए । प्रेम लावतीको निर्माण रहेको चलचित्र बैनाबट्टामा राज चाम्लिङको कथा लेखन तथा निर्देशन रहने भएको छ । यस चलचित्रमा बिशेष गरि पूर्वीय नेपालका जनजातीहरुको जीवनमा आईपर्ने यथार्थ जिवनकथा,उत्तरचढाब तथा कलासँस्कृतिलाई मुख्य बिषय बस्तु बनाएको निर्देशक राईले बताउनु भयो ।

यस चलचित्रमा मुख्य नायक— नायीकाको भुमिकामा देबेन्द्र नेम्वाङ,कविता राई,बाबु मोक्तान, र रश्मिला तामाङ रहने भएका छन् । यस चलचित्रमा नायक देबेन्द्र नेम्वाङ र नायीका कविता राई तथा नायक बाबु मोक्तान र नायीका रश्मिला राई बीचको युगल जोडी देख्न सकिन्छ । यी दुई जोडीको रोचक अभिनय तथा रोमान्स चलचित्र बैनाबट्टामा देख्न सकिन्छ । अन्य कलाकारहरुमा अर्जन श्रेष्ठ, पूर्ण पोर्तेल,नरेश बानेम, रिया सुब्बा, रोशन सिंह लिम्बु, प्रकाश थेबे,निरा राई लगायतका कलाकारहरुको रोचक अभिनय रहने भएको छ ।

सहायक निर्माताको रुपमा एबिराज आङदेम्बे, भवानी घिमिरे, बिक्रम नेम्वाङ, राम लावती, समिल राई, सुनिता लिम्बु, र यसराज योङहाङ आदि रहने भएको छ । चार वटा गीत समिटिएको यस चलचित्रमा बुद्धराज इङबा, राज चाम्लिङ, सन्तोष राई आदीको संगीत रहेका छन् । यस गीतमा चर्चित गायक, गायीकाहरु दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु, करुणा राई, दिप्शन लिम्बु आदीको स्वर लहरी रहने भएको छ ।

पूर्वीय नेपालका बिभिन्न रमणीय स्थानहरुमा फागुन महिनाको पहिलो हप्ताबाट छाँयाङ्कन हुन लागेको यस बैनाबट्टा चलचित्रमा छाँयाङ्कन तथा सम्पादन देब जंग थापाले गर्ने भएको छ । करिब ४० लाख लागत लाग्ने अनुमान गरिएको चलचित्र यूनिटले जनाएको छ ।

यस चलचित्रवाट राम्रो आशा लिएको निर्माता प्रेम लावतीले वताउनु भयो । नयाँ कलाकार भएपनि राम्रो र उत्कृष्ट तथा आकर्षक अभिनय शैली रहेकोले यस चलचित्रले आम दर्शकको विश्वास जित्न सकिन्छ भन्ने आशा लिएको लावतीले वताउनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...