किसानका उत्पादित वस्तुको जिम्मा सरकारले लिन्छ

wwwjerungfilmswwwjerungfilms 9 Feb 2019

स्याङ्जा, २६ माघ, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको जिम्मा सरकारले लिने बताउनुभएको छ । तुलसीभञ्ज्याङमा आज साना किसान कृषि सहकारी संस्था लिमिटेडले गरेको साना किसान कृषि सहकारी संस्थाहरुको व्यवस्थापन हस्तान्तरण कार्यक्रममा उहाँले देशमा बढ्दो बेरोजगारी समस्या र गरिवी न्यूनीकरणका लागि सबै जनतालाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्रोत र साधनको सही सदुपयोग गर्न नसके आत्मनिर्भर बन्न नसकिने बताउँदै यसका लागि गाउँगाउँबाट अभियान थाल्नुपर्ने बताउनुभयो । साना किसान सहकारीलाई ठूला उद्योग र हाइड्रोपावरमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।

सरकार भूउपयोग नीति ल्याउने तयारीमा रहेको उल्लेख गर्दै उहाँले भूउपयोगसम्बन्धी स्पष्ट नीति नहुँदा खेतीयोग्य जमीन मासिँदै गएको र गाउँघरमा जमीन बाझो हुने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्री अर्यालले जनताको स्वामित्वमा रहेको जमीन सके सरकार आफैले भाडामा लिएर काम गर्ने र अरु कसैले चाहे भाडामा दिएर भए पनि खेतीयोग्य जमीनको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...