हिमपातले जनजीवन प्रभावित, टेलिफोन सेवा अवरुद्ध

wwwjerungfilmswwwjerungfilms 9 Feb 2019


जेरुङ फिल्मस संवाददाता, २६,माघ–रुकुम, हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुम ९पूर्व० को उच्च हिमाली बस्तीमा भारी हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । केही ठाउँमा बुधबारदेखि लगातार पानी परिरहेको छ भने केही ठाउँमा हिमपात भइरहेको छ ।

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ, दादिङ, झिङ्ग्री, रुमालबारालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि दैनिक कामकाजमा समस्या आएको छ । उच्च हिमाली क्षेत्रको चरन क्षेत्रमा भारी हिमपात हुँदा वस्तुभाउलाई चरन क्षेत्रको अभाव भएको स्थानीयवासी कर्मसाही घर्तीले बताउनुभयो ।

हिमपातकै कारण सवारीसाधनसमेत आवतजावतमा समस्या हुने गरेको उहाँको भनाइ छ । हिमपातसँगै बिहानै घाँसदाउरा गर्ने स्थानीयवासीलाई अफ्ठ्यारो भएको सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमपात भएकै कारण चिसो निकै बढेको छ । सबैका घरमा वस्तुभाउले घाँस खान पाएका छैनन् ।

घरबाहिर निस्कन गाह्रो भइरहेको छ, घाँसदाउरा गर्ने त परैको कुरो हो । स्थानीय स्वास्थ्य संस्थामा बिरामीको चापसमेत बढेको छ । पाँच हजार ९०० मिटरदेखि सात हजार २०० मिटरसम्म अग्ला चार वटा हिमाल अवस्थित भएकाले पनि रुकुम ९पूर्व० मा चिसो बढेको हो । अहिले स्थानीय चिसोबाट बच्न जङ्गलबाट ल्याएका दाउरा बालेर बसिरहेका छन् । हिमपातकै कारण बालीनाली तथा तरकारी खेतीमा क्षति पुगेपछि स्थानीयवासी चिन्तित छन् ।

  टेलिफोन सेवा अवरुद्ध

हिमपातका कारण जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि जिल्लामा टेलिफोन सेवा अवरुद्ध हँुदा नागरिकले सास्ती खेप्नुपरेको छ । जिल्लास्थित नेपाल टेलिकमका सबै टावरहरु सोलारको ब्याट्रीबाट सञ्चालित छन् । लगातार चार दिनसम्म घाम नलाग्दा र हिमपात हुँदा सोलारको ब्याट्री चार्ज हुन नपाउँदा टेलिफोन सेवा अवरुद्ध भएको टावरको देखवाल गर्ने कर्मचारी रामबहादुर विकले जानकारी दिनुभयो ।

फोनसेवा अवरुद्ध हुँदा कार्यालयहरुमा पनि कामकाज गर्न अफ्ठ्यारो भइरहेको छ । शुक्रबारदेखि एनसेल र नेपाल टेलिकमको दुवै फोनसेवा अवरुद्ध भएका हुन् । एनसेलमा भर्खरै मात्र नेटवर्क आएको छ । नेपाल टेलिकमको भने घाम नलागुन्जेलसम्म फोन सेवा अवरुद्ध हुने कर्मचारी विकले बताउनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...