हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

wwwjerungfilmswwwjerungfilms 3 Feb 2019

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर थामा बादलले उदघाटन गर्नु भएको छ । आईतबार राजधानी चुच्चेपाटीमा ग्याल्बो ल्होसार कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रमलाई गृहमन्त्री रामबहादुर थापा बादलले उदघाटन गरेका हुन ।

शेर्पा समुदायको महान पर्व ग्याल्बो ल्होसारको अवसरमा गुथुक साँझ सांगीतिक कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा विशिष्ट व्यतिmत्व तथा शेर्पा समुदायका सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा गृह मन्त्री राम बहादुर थापा बादलले कार्यक्रममा बोल्दै शेर्पाहरुको छुट्टै इतिहास र महत्व रहेको बताउनु भयो ।

यस शेर्पा जातिहरुको कला सँस्कृति बचाउनका लागी सबै एक जुट भएर अगाडी बढ्नु पर्ने मन्त्री थापाको भनाई थियो । यसका लागी शेर्पा समुदायले उठाउँदै मागलाई पनि अबको सरकारले पुरा गर्ने बताउनु भयो । नयाँ वर्ष ,स,मो फाग् लो २१४६ औं ग्याल्बो लोसारसँगै केन्द्र स्थापनाको २५औं वर्षगाँठलाई रजत जयन्तीको अवसरमा माघ २० गतेदेखि २२ गतेसम्म चुच्चेपार्टीस्थित ह्यात चौरमा कार्यक्रम सम्पन्न गरिने भएको छ ।

यो कार्यक्रमसँगै साथमा विभिन्न मौलिक कला सँस्कृतिलाई झल्काउने साँस्कृतिक कार्यक्रम तथा अन्य रोचक मनोरञ्जनात्मक कार्यक्रम समेत गरिने भएको छ । कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुको रोचक प्रस्तुतिहरु समेत रहने भमएको छ ।

शुभकामना आदनप्रदानसँगै शेर्पा समुदायको मौलिक कला, संस्कृति र भाषाको उत्थान गरि २१४६ औं ग्याल्पो लोसार मनाउने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको सांसद जीप छिरिङ शेर्पाले बताउनु भयो ।

कार्यक्रममा बृहत शेर्पा स्याब्रु नृत्य प्रतियोगिता र स्वर्गीय साम्दे शेर्पा वक्तृत्वकला प्रतियोगिता समेत हुने भएको छ । उक्त प्रतियोगिताका विजेताहरुले आकर्षक पुरस्कार समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । माघ २१ गते बृहत स्याब्रु नृत्य तथा वक्तृत्वकला प्रतियोगिता, र २२ गते स्व साम्दे शेर्पा राष्ट्रिय पुरस्कार तथा विजेताहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम तयार गरिएको आयोजकले जनाएको छ ।

स्याबु्र प्रतियोगिताको दर्ता शुल्क स् रु ५,००० –र रहेको छ भने प्रथम पुरस्कार राशी रू ५०,०००, ट्रफी तथा प्रमाणपत्र,दितीय पुरस्कार रू ३०,००० , ट्रफी र प्रमाणपत्र,तृतीय पुरस्कार रू २०,००० , ट्रफी र प्रमाणपत्र तथा पब्लीक चोईस अवर्डः रू १०,००० – रहेको आयोजकले जानकारी दिनु भयो ।

कार्यक्रमको अर्को चरणमा रक्तदान तथा वक्तृत्वकला प्रतियोगीता हुने भएको छ । प्रतियोगितामा सहभागीहरुका लागी रु १,००० – दर्ता शुल्क तोकिएको छ । वक्तृत्व कला प्रतियोगितामा विजेताहरुले निम्न पुरस्कार हात पार्ने भएको छ । प्रथम पुरस्कार रू २०,०००– ट्रफी र प्रमाणपत्र,दितीय पुरस्कार रु १५,००० – ट्रफी र प्रमाणपत्र,तृतीय पुरस्कार रू १०,००० ,ट्रफी र प्रमाणपत्र,सान्त्वना पुरस्कार रू ५,००० रहेको छ । पहिलो दिनको कार्यक्रममा जनमानसको उपस्थिति भने फितलो रहेका थिए । राजनीतिक उत्तरचढाबले गर्दा शेर्पा समुदाय पनि फुटेको र प्राय कार्यक्रममा नआएको एक व्यक्तिले बताए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...