गाउँमै आँखा शिविर

wwwjerungfilmswwwjerungfilms 3 Feb 2019

गाउँमै आँखा शिविर


लम्की, २० माघ, स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले कैलालीको लम्कीस्थित भुरुवामा निःशुल्क आँखा उपचार शिविर आयोजना भएको छ । शिविरमा एक दिनमै शनिबार एक हजार ५७५ ले सेवा लिएका छन् । गाउँमा पहिलो पटक निःशुल्क शिविर आयोजना भयो, गाउँमै उपचार पाइने भएपछि स्थानीयवासी खुशीसाथ उपचार गराएका छन्”, स्थानीयवासी देवानन्द जैसीले भन्नुभयो, ‘‘यहाँका मानिसले उपचार सेवा लिन टीकापुर या धनगढी जानुपर्ने बाध्यता छ ।

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्की र च्यारिटी अफ हेल्थ सोसाइटीको आयोजना तथा धनगढी नेत्रालयको प्रविधिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो । स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आँखा शिविर गर्ने निर्णय लियौँ, एक हजार ५७५ ले निःशुल्क उपचार सेवा लिए”, किसान सहकारी संस्था लम्कीका महाप्रबन्धक डम्बर शाहले भन्नुभयो, “उपचार सेवा लिनेमा ९४५ महिला र ६३० पुरुष छन् ।

शिविरमा उपचार गराएका मध्ये २६२ लाई आँखाको मोतियाविन्दु र मासु पलाएको भेटिएकाले थप उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न धनगढी सिफारिश गरिएको छ । शिविरमा आँखा जाँच गर्न आएका ५९० लाई निःशुल्क चश्मासमेत वितरण गरिएको थियो ।

                   ब्राउनसुगरसहित महिला पक्राउ

तेइस ग्राम ब्राउनसुगरसहित कैलालीको जानकी गाउँपालिका–५ अमौरीबाट एक महिला पकाउ परेकी छन् । भारतको तिकुनियाबाट लुकाइछिपाइ लम्कीतर्फ ल्याउँदै गरेको अवस्थामा लागुऔषध ब्राउनसुगरसहित ती महिलालाई इलाका प्रहरी लम्कीले शनिबार पक्राउ गरेको हो ।

लम्कीचुहा नगरपालिका–१ राजीपुरकी तारा शाहीलाई से७प २५५९ नंको स्कुटरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिनुभयो । लागुऔषधसहित पक्राउ परेकी शाहीलाई प्रहरीले जिल्ला चलान गरेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...