दोस्रो राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न

wwwjerungfilmswwwjerungfilms 2 Feb 2019

जेरुङ फिल्मस संवाददाता,१९, माघ – पोखरा । हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथमा दोस्रो राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल स्की एशोसिएशनको आयोजना एवं नेशनल ओलम्पिक कमिटी, नेशनल स्पोर्ट काउन्सिल र स्की स्नोबोडिङ फाउण्डेशन नेपालको संयोजनमा माघ १४ गते सोमबारदेखि शुरु प्रतियागिता आज सम्पन्न भएको हो ।

देशका विभिन्न भागबाट २० पुरुष र आठ महिलासहित २८ जनाले प्रतिस्पर्धामा भाग लिएको स्की स्नोबोडिङ फाउण्डेशनका कोषाध्यक्ष सुरज काफ्लेले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत अलपाइन स्कीको सिनियर पुरुषतर्फ छिरिङ तेञ्जिङ शेर्पा प्रथम, कोङ्गा शेर्पा द्वितीय र सुकदेव थापा तृतीय बन्नुभएको छ भने महिलातर्फ गौरीमाया तामाङ प्रथम, सङ्गीता लामा द्वितीय र सजनी लामा तृतीय बन्नुभएको छ ।

त्यस्तै अल्पाइन स्कीतर्फको जुनियर पुरुषतर्फ दीपेश लामा प्रथम, दिनेशकुमार बोहोरा द्वितीय र आंशिक गुरुङ तृतीय बन्नुभएको छ भने महिलातर्फ लक्ष्मी राई प्रथम, प्रियङ्का गुरुङ द्वितीय र पालिसा बज्राचार्य तृतीय बन्नुभएको छ ।

प्रतियोगिताको स्नो बोडिङ स्कीङमा पुरुषतर्फ रञ्जन केसी प्रथम, विवेक तिवारी क्षेत्री द्वितीय र नवीन तामाङ तृतीय बन्नुभएको कोषाध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...