प्रथम दिवाकर स्मृति भलिबलको उपाधि पुलिसलाई

wwwjerungfilmswwwjerungfilms 2 Feb 2019

जेरुङ फिल्मस संवाददाता,१९, माघ – भरतपुर चितवनको माडीमा जारी प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।

आज सम्पन्न फाइनल प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो । पहिलो सेटमा २५–१८ ले जितेको पुलिस दोस्रो सेटमा १९–२५ ले पराजित भएको थियो भने लगातार तेस्रो सेटमा २५–१९ र चौथो सेटमा २५–१८ आफ्नो पक्षमा पार्दै पुलिसले उपाधि उचालेको हो ।

यस्तै आज सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा चुलो भलिबल क्लब नारायणगढलाई ३–० को सेटमा पराजित गदै सशस्त्र प्रहरी बल९एपिएफ०ले तेस्रो स्थान सुरक्षित गरेको हो ।

प्रथम स्थान हासिल गरेको पुलिसले नगद रु दुई लाख दोस्रो स्थान हासिल गरेको आर्मीले रु एक लाख र तृतीय स्थान हासिल गरेको एपिएफले रु ५० हजारसहित आकर्षक ट्रफी प्राप्त गरेको आयोजक युवा खेलकूद तथा सांस्कृतिक समिति माडीका अध्यक्ष हरि भुसालले जानकारी दिनुभयो ।

यस्तै विभिन्न विधाका खेलाडीलाई समेत सम्मान गरिएको छ । माघ १६ गतेदेखि सञ्चालन भएको भलिबल प्रतियोगितामा आठ राष्ट्रिय भलिबल टिमको सहभागिता रहेको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...