म्याद नाघेको अखाद्य वस्तु नष्ट

wwwjerungfilmswwwjerungfilms 1 Feb 2019

जेरुङ फिल्मस संवाददाता,१८,माघ–काठमाण्डौं । भक्तपुर नगरपालिकाको अनुगमन टोलीले म्याद नाघेको सामान बिक्री गर्ने पसलको सबै अखाद्य वस्तु नष्ट गरी पसल गोदाममा शिलबन्दी गरेको छ ।

भक्तपुर नगरपालिका–१ चुनदेवी स्थानमा रहेको चुनदेवी किराना पसलमा अनुगमन टोलीले आज छापा मार्दा प्रकारका म्याद नाघेका खाद्यान्न पदार्थ भेटेपछि नष्ट गरेर पसल शिलबन्दी गरेको अनुगमन टोलीका संयोजक राजकृष्ण गोराले बताउनुभयो ।

पसल दर्तासमेत नभएको पाइएको थियो । पसल फोहर भएको, म्याद नाघेको विभिन्न ब्राण्डका विस्कुट, तोरीको तेल, सुजीको पिठो, जिरा मसला, आटालगायतका विभिन्न ब्राण्डका म्याद नाघेका खाद्य पदार्थ टोलीले नष्ट गरेको छ ।

अनुगमन टोलीले गोदाममा रहेको म्याद नाघेको तेल, घ्यू, चामल, आटालगायत सामान रहेको गोदाममा शिलबन्दी गरी तत्काल नगरपालिकामा सम्पर्क गर्न निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...