किराती राष्ट्रिय मुक्ति मोर्चाको नयाँ नेतृत्वमा सुमन–शाहस

wwwjerungfilmswwwjerungfilms 31 Jan 2019

जेरुङ फिल्मस संवाददाता,१७,माघ–काठमाण्डौं । किराती राष्ट्रिय मुक्ति मोर्चाले आज राजधानी काठमाण्डौंमा नयाँ कार्य समिति गठन गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेता गोपाल किराँतीको प्रमुख आतिथ्यमा किराती मुक्ति मोर्चाले आफ्नो पाँचौ राष्ट्रीय सम्मेलन सहित यो कार्यक्रमको आयोजना गरिएको थियो ।

कोटेश्वर स्थित सुम्निमा हलमा आयोजित कार्यक्रममा नेकपा माऔबादी केन्द्रका नेता किरण वान्तावा सभापति,तथा नेता तिलक थापा मगर बिशेष अतिथिमा रहेका थिए । माऔबादी केन्द्रका अन्य नेताहरु राजन तिमिल्सिना,अशोक राय माझी,क्रान्तिकारी बिद्यर्थी संघका अध्यक्ष पासाङ तामाङ,प्रदेश नं ३ अध्यक्ष तथा क्रान्तिकारी महिला संघ गीता राई,तथा अन्य नेताहरु मेख बहादुर खत्री, कुमार राई,प्रकाश लिम्बु, लगायतका नेताहरुको उपस्थिति रहेका थिए ।

कार्यक्रममा उपस्थित सबै नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सुरुआतमा शाहस राई स्वागत मन्तब्य दिएका थिए । मन्ब्यको क्रममा कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेकप माऔबादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले प्रचण्डले माऔबादीको बास्तबिक इतिहास र मुल नारालाई बिर्सेर एमालेको छत्रछाँयामा बिलय हुनु भएकोले आफूहरु नेकपामा नगएको बताउनु भयो ।

सो क्रममा एक तिहाइ क्रर्यकताहरु प्रचण्ड अध्यक्ष भएकोले खान पाईन्छ भनेर खुशीले गएको र दुई तिहाई कार्यकर्ताहरु निराश हुदै आँशु झारेर जबरजस्ती गएको बताउनु भयो । किराँत राष्ट्रीय मुक्ति मोर्चाले सो कार्यक्रमकाबीच नयाँ कार्य समिति समेत चयन गरेको छ । किरात राष्ट्रिय मुक्ति मोर्चाको पाचौ राष्ट्रिय सम्मेलनले सुमन–साहस राईको नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको छ ।

नयाँ कार्य समितिले अध्यक्षमा शाहस राई (काठमाण्डौं) , उपाध्यक्षमा सुमन बाङदेल (खोटाङ) र महासचिबमा किराण राई (भोजपुर) लाई चयन गरेका छन् । त्यस्तै गरि सचिबमा मनिषा राई (सोलुखुम्बु) र अधिस राई (भोजपुर), तथा अन्य सदस्यहरुमा योगेश्वर खालिङ, सुश्मा राई, प्रबिना राई, इन्द्रहाङ राई, ओमन राई, कुमार राई लगायत ३३ केन्द्रिय सदस्यमा नियुक्ति गरेका छन् ।
“मालेबाद र मुन्धुमको दर्शनअनुसार यस मोर्चाले किरा्ँत प्रदेशको लागी पहल कदमी बढाउने कुरा” नव निर्वाचित उपाध्यक्ष सुमन बाङदेले बताउनु भयो । यस कार्यसमिति गठन पछि मोर्चाले ३ वटा कार्य गरेर अघि बढ्ने घोषणा गरेको छ ।

१, किरात प्रदेश लगायत ऐतिहासिक एबम सामुदायिक प्रदेशहरु निर्माणका लागि संविधान संसोधन गरियोस ।

२, राष्ट्रिय चरित्र नायक दयाहाङ राई र विल्सन बिक्रम राईको शालिक निर्माणको मोर्चा अभियान सञ्चालन गर्ने छ । शालिक स्थापना लागि टेम्के इलाकामा उपयुक्त स्थान खोजी गर्ने जिम्मा मोर्चाको सल्लाहकार कम्रेड किरण बान्तवालाई जिम्मा गरियो ।
३, नयाँ आधारमा किरात प्रदेशको आन्दोलन उठाउने केन्द्रिय समिती विशेष निर्माण गर्ने छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...