काठमाण्डौं महानगरपालीकाको आयोजनामा राजधानी सोह्रखुट्टेमा सहिद दिवस कार्यक्रम, प्रम ओलीद्वारा माल्यार्पण
काठमाण्डौं महानगरपालीकाको आयोजनामा राजधानी सोह्रखुट्टेमा सहिद दिवस कार्यक्रम, प्रम ओलीद्वारा माल्यार्पण

आज देशभर शहिद दिवस मनाइयो, शहिदहरुको तस्बिरमा प्रम ओलीद्वारा माल्यार्पणजेरुङ फिल्मस, संवाददाता,१६, माघ– काठमाडौं । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै काठमाण्डौं महानगरपालीकाले आज राजधानी सोह्रखुट्टेमा सहिद दिवस कार्यक्रमको आयोजना गरेको छ ।
प्रत्येक वर्षको माघ १६ गते शहीद दिवस मनाइँदै आएको छ । कार्यक्रममा बोल्दै ओलीले देश र जनताको निम्ति लोडदालोडदै आज चार वीर सपुतहरुले सहादत प्रप्त गरेको दिन भएकोले आजको दिन कसैलाई पनि गाली आरोप प्रत्यारोप गर्न मन नलागेको बताउनु भयो । अहिलेको समृद्ध देश निर्माणमा सेना, प्रहरी, शसस्त्र प्रहरी सबैको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेका वीर सपूतहरूको सम्झनामा गर्दै प्रधान मन्त्री केपी शर्मा
वीर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सघर्षमय जीवन र वलिदानको गाथा , प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको काठमाण्डौं महानगरपालीका प्रमुख विद्या सुन्दर शाक्यले बताउनु भयो ।
कार्यक्रममा बोल्दै उहाले आफूहरु बिकासको लहर फैलाउन लाग्दा बिकास नचाहनेहरुले बाधा पुर्उन खोजिएको बताउनु भयो । वि।सं। १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । शहीद दिवशको अवसरमा दिने गरिएको सार्वजनिक बिदा भने केन्द्र सरकारले कटौती गरेको छ । यद्यपि, प्रदेश ३ ले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...