सरकारले डा. गोबिन्द के.सी.को मागलाई सम्बोधन नगरी बेवास्ता गरेको भन्दै, चिकित्सकको आन्दोलन

wwwjerungfilmswwwjerungfilms 29 Jan 2019

सरकारले डा. गोबिन्द के.सी.को मागलाई सम्बोधन नगरी बेवास्ता गरेको भन्दै, चिकित्सकको आन्दोलन

डा. गोबिन्द के.सी. त्रिवि शिक्षण अस्पतालको वार्डमा अक्सिजन लिदै । तस्बिर ः राजकुमार राई ।

जेरुङ फिल्मस संवाददाता,१५,माघ—काठमाण्डौँ । डा.गोबिन्द के.सी.को मागलाई सरकारले बेवास्ता गरेको भन्दै चिकित्सकहरुले मंगलबार आन्दलन र नाराजुलस गरेका छन् । के.सी.का सर्मथनमा महाराजगञ्न त्रिवि शिक्षण अस्पतालमा धर्नामा बसेका आन्दोलनकारीहरुको पर्चा, व्यानर जस्ता बिरोध सामाग्रीहरु प्रहरीले खोसाएको छ ।

२१ दिनदेखि अनशनरत प्रा।डा‍। गोविन्द केसीको समर्थनमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रिले अनशन बस्न चिकित्सकहरुले टाँगेको टेन्ट समेत प्रहरीले हटाई दिएको छ । त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवन अगाडि रिले अनशन बस्न केसीका समर्थकहरुले टाँगेको टेन्ट प्रहरीले हटाइदिए पछि आन्दोलनकारीहरु आक्रोस बनेका थिए ।

टेन्ट टाँगेर रिले अनशन बसिरहेका डाक्टर, रेजिडेन्ट डाक्टर र विद्यार्थीहरु सबै उठेर प्रहरी दमन मुर्दाबाद, प्रहरी अत्याचार बन्द गर , डा. गोविन्द के.सी जिन्दाबाद जस्ता नारा जुलुस लगाएका थिए । त्रिवि शिक्षण अस्पताल प्रशासनले सोमबार प्रेस विज्ञप्ति निकालेर अस्पताल परिसरमा धर्ना, प्रदर्शन र अनशन जस्ता गतिविधि नगर्न अपिल गरेको भन्दै प्रहरीले टेन्ट हटाइदिएको हो ।

स्रोतका अनुसार अस्पताल प्रशासनले विज्ञप्ति निकालेपछि गृह मन्त्रालयको आदेश भन्दै प्रहरीले टेन्ट हटाइदिएको हो। १६ औँ पटकको अनशन २१ दिन पुग्दा पनि सरकारले नसुनेको भन्दै चिकित्सकहरुले देशभर आन्दोलनको चेतावनी दिएका छन् ।

चिकित्सक स‌ंघले वार्ताका लागि दबाब दिन सोमबारदेखि देशभरका चिकित्सकलाई रिले अनशन बस्न अपिल गरेको छ । आन्दोलनकारीले खोसिएको सामाग्री फिर्ता नदिए प्रतिकार गर्ने चेतावनी दिएपछि प्रहरीले अन्तिम्मा सबै बिरोध सामाग्री फिर्ता दिएका थिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...