राप्रपालाई काङ्ग्रेसको र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउँछौँ ः कमल थापा

wwwjerungfilmswwwjerungfilms 22 Jan 2019

हेटौँडा, ८ माघ, राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उहाँले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काङ्ग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भन्नुभयो ।

हिन्दूत्व जनजाँगरण अभियान’ अन्तर्गत हेटौँडा–६ मा उक्त पार्टीद्वारा आज आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एकपटक सबै जुरुक्क उठ्नुपर्ने समय आएको विचार व्यक्त गर्नुभयो । मुलुकमा भ्रष्टाचार मौलाएको छ भन्दै उहाँले वाइड बडी विमान काण्ड, सुन काण्ड, विदेशमा राखिएको कालो धन छानबिनको विषयमा सरकार उदासीन हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

निर्मला पन्तको विषयलाई अहिलेसम्म टुङ्गोमा पु¥याउन नसक्नु सरकारको निमित्त लज्जाको विषय बन्नुपर्नेमा जोड दिँदै उहाँले विधिको शासन छैन, मनपरि छ, जसले जे गरे नि हुने अवस्था लोकतन्त्रको निमित्त घातक हुन सक्नेमा अध्यक्ष थापाले जोड दिनुभयो । राप्रपा कुनै धर्मको विरोधी नभएको भन्दै धर्म निरपेक्षताले मुलुकमा धार्मिक सद्भाव र द्वन्द्व निम्त्याइएको चर्चा गर्दै थापाले भन्नुभयो, “गरीबी र अशिक्षाका कारण धर्म परिवर्तन गराइएको छ, यो रोकिनु पर्छ ।

राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, नगर अध्यक्ष गुरुप्रसाद सापकोटालगायतले उक्त कार्यक्रमलाई सम्बोधान गर्नुभएको थियो । सभापछि घरदैलो कार्यक्रम गर्दै वडा परिक्रमा गरिएको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...