कोञ्जेसोममा ५४ प्रतिशतले तेस्रो किस्ता लिए

wwwjerungfilmswwwjerungfilms 21 Jan 2019

ललितपुर, ७ माघ, दक्षिणी भेगमा पर्ने कोञ्जेसोम गाउँपालिकामा घर निर्माण सकेर तेस्रो किस्तावापतको रकम लिनेको सङ्ख्या ५४ प्रतिशत रहेको छ । जिल्लाका छ स्थानीय तहमध्ये यो गाउँपालिकामा निजी आवास पुनःनिर्माण सबैभन्दा द्रुत गतिमा भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका जिल्ला आयोजना कार्यान्वयन एकाइ९आवास० ले जनाएको छ ।

यो गाउँपालिकामा जम्मा दुई हजार १५४ लाभग्राही रहेकामा एक हजार १६४ ले घर निर्माण सम्पन्न गरिसकेको एकाइले जनाएको छ । एक हजार ६४६ लाभग्राहीले दोस्रो किस्तावापतको रकम र दुई हजार ४१ जना लाभग्राहीले पहिलो किस्ता वापतको रकम यो गाउँपालिकामा लिइसकेका छन् । गाउँमा घर बनाउन शहरी क्षेत्रमा भन्दा कठिनाइ कम हुने एकाइका आयोजना प्रमुख विरबहादुर रावलले बताउनुभयो ।

शहरी क्षेत्रमा कम क्षेत्रफलमा घर बनेको हुँदा भूकम्पपछि पनि त्यतिमा नै घर बनाउनुपर्छ । ग्रामीण क्षेत्रमा एकातिर पर्याप्त जमीन हुन्छ भने अर्कातिर मापदण्ड पनि लचिलो हुन्छ । भूकम्पप्रभावित सबै जिल्लामा सरकारबाट अनुदान लिएका घर बनाएका लाभग्राहीको भन्दा गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत घर बनाउँदा चाँडो बनेको छ ।

यो गाउँपालिकामा २४२ घर लुमन्ती संस्थाले बनाएको हो । उहाँले भन्नुभयो, “घर निर्माण सकिएर सबै लाभग्राहीले तेस्रो किस्ता पनि लिइसकेका छन् । जिल्लाभरमा भने तेस्रो किस्ता लिने लाभग्राही २३ प्रतिशत मात्रै रहेको छ । गुनासोपछि थप भएका समेत जम्मा लाभग्राही सङ्ख्या २८ हजार ३८२ रहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...