सोलो प्रदर्शनको मौका, गरुड पुराणले पायो,कत्तिको फाईदा उठाउलान त ?

wwwjerungfilmswwwjerungfilms 18 Jan 2019

जेरुङ फिल्मस संवाददाता,४,माघ—काठमाण्डौं । प्रायः हरेक हप्ता दुई बढी फिल्म रिलिज हुँदै आएता पनि माघ महिनाको पहिलो हप्ता भने फिल्म ‘गरुड पुराण’ एक्लै हलमा लागेको छ । गत हप्ताकै कुरा गर्ने हो भने ‘चौका दाउ’ र ‘भिलेन’ प्रदर्शनमा आएका थिए । कमेडी फिल्म ‘गरुड पुराण’ टिमलाई भने भाग्यले राम्रो साथ दिएको छ ।

कुनै नेपाली फिल्मका लागि अब एकल प्रदर्शन लगभग असम्भव छ । वर्षमा ५२ वटा हप्ता हुन्छन् तर वर्षमा सरदर सय बढी फिल्म रिलिज हुन्छन् । चलेका कलाकार भएका फिल्मले मात्र जेनतेन सोलो रिलिज पाउँछन् नभए अधिकांश फिल्मको भिडन्त दुईभन्दा बढी फिल्मसँग हुनु अब सामान्य भइसकेको छ ।

शुक्रवारबाट प्रदर्शनमा आएको उक्त फिल्मले एकल प्रदर्शन पाउँछ भन्ने निर्माण टिम स्वयंलाई विश्वास थिएन । हालै एक भेटमा निर्देशक सुवास कोइराला खुसी मुद्रामा भन्दै थिए, ‘कुनै एक फिल्म त आउँछ होला भन्ने सोचेका थियौं तर सोलो रिलिज पाउँदैछौं । सायद फिल्मको गीतसंगीत र ट्रेलरको प्रभाव होला ।’

हुन पनि ‘म त पिरिममा’ गीतले फिल्मको राम्रो हाइप निर्माण गरेको थियो । साथै कमेडीले भरिएको ट्रेलरले फिल्मप्रति दर्शकमा चासो बढाएको थियो । ‘गरुड पुराण’ ले एकल प्रदर्शन पाउनुको पछाडि नाम चलेका कलाकारलाई पनि मानिएको छ । अब यसले सोलो रिलिजको फाइदा चाहिँ कति उठाउने छ रु यो भने हेर्न बाँकी छ ।

यस फिल्मले ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाइलो कथा उठाएको छ । यस फिल्ममा अभिनेता नाजिर हुसेन ब्यान्ड मास्टरको भूमिकामा छन् । फिल्ममा कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडालगायतको पनि अभिनय छ ।

यही फिल्मबाट प्रियंका सिंहले नवोदित नायिकाको रुपमा डेब्यु गरेकी छिन् । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो फिल्मको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो । ‘गरुड पुराण’ लाई सुसन प्रजापतीले खिचेका हुन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...