बन्दरगाह निर्माणबाट ब्यापार सञ्चालन विस्तार गर्ने प्रधानमन्त्रीको अठोट

wwwjerungfilmswwwjerungfilms 17 Jan 2019

काठमाडौँ, ३ माघ ः प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रिय तहको व्यापारिक कारोवारको सञ्जाल विस्तार गर्ने बताउनुभएको छ । चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले चोभारमा निर्माण गर्न लागिएको उक्त बन्दरगाह सञ्चालन भएपछि निकासी पैठारी सहज हुने बताउनुभयो ।

मुलुकमा आर्थिक विकास र समृद्धिका लागि उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै उहाँले विज्ञान प्रविधिको प्रयोग गरी जनताको सिप अभिवृद्धि गर्न सकेमा उनीहरुले गर्ने उत्पादनले आयात प्रतिस्थापन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो सरकार जनताको हो, उनीहरुको आर्थिक विकास तथा उन्नतिका लागि विकास निर्माणका कार्यलाई अगाडि बढाउछ, स्थानीयवासीको जायज माग सरकारले पूरा गर्छ ।

उहाँले सरकार गठनको पहिलो वर्ष संविधान कार्यान्वयनका लागि धेरै कानून निर्माण भएको, देशको परिवर्तित संरचनाअनुसार अधिकार, स्रोत, जिम्मेवारी बाँडफाँडका लागि आवश्यक नियम कानून निर्माण भएकाले गत वर्षको भन्दा धेरै व्यवस्थित बजेट बनाउनका लागि गृहकार्य शुरु भएको उल्लेख गर्नुभयो । अर्थमन्त्री डा युवराज खतिवडाले उक्त बन्दरगाहले उत्पादन लागत तथा यातायात लागत घटाउन सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रियस्तरको उक्त बन्दरगाहको निर्माण भएपछि स्थानीय क्षेत्र तथा त्यस आसपासमा आर्थिक गतिविधि बढ्ने र स्थानीयवासी लाभान्वित हुने विचार व्यक्त गर्नुभयो । सोही मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उक्त बन्दरगाहले भारतका तीन तथा चीनका चार बन्दरगाहका वस्तु तथा सामग्रीलाई एकैपटक ल्याएर व्यवस्थापन गर्न सकिने जानकारी दिँदै व्यवसायीलाई भन्सारलगायत अन्य शुल्क सोही स्थानबाट बुझाउन सकिने बताउनुभयो ।

साविक हिमाल सिमेन्ट कम्पनी रहेको उक्त स्थानमा करीब रु दुई अर्ब लगानीमा करीब डेढ वर्षको अवधिमा निर्माण पूरा गरिने छ । यसैबीच बन्दरगाह निर्माणमा अवरोध पु¥याउने ५४ स्थानीयवासीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...