टुँडीखेलमा विशाल माघ सक्रान्ति, मानब सागरले पुरै चउर भरिए

wwwjerungfilmswwwjerungfilms 16 Jan 2019

जेरुङ फिल्मस संवाददाता,२,माघ—काठमाण्डौं । राजधानी टुँडीखेलमा मंगलबार माघे सक्रान्तिको निकै बाग्लो रौनक्ता छाएको थियो । मगर जातिहरु ले यसलाई बिशेष चाडको रुपमा मनाइने गर्छन् । यो सक्रान्ति हरेक वर्षको माघ १ गते पर्ने गर्दछ । गत बर्षको दाँजोमा यो बर्ष निकै नै बाग्लो मानव सागर उर्लिए ।

करिब पचाँस हजारको हाराहारिमा अनुमान गरिएको मानव सागरले पुरै टुँडीखेलको मैदान भरिएका थिए । मानव चापले आपसमा खुट्टा टेक्ने ठाँउ सम्म पनि थएन । इतिहासकै सबैभन्दा ठूलो मानव चापको कारण स्वंयमसेवक तथा सुरक्षकर्मीहरु व्यावस्थापन गर्न निकै हम्मेहम्मे परेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उप—प्रधानमन्त्री ईश्वर पोख्रेल रहेका थिए भने,अतिथिको रुपमा खानेपानी मन्त्री बिना मगर तथा अन्य सरकारी पदाधीकारीहरु रहेका थिए । कार्यक्रममा बोल्दै उप—प्रधानमन्त्री ईश्वर पोख्रेलले परापूर्वकालदेखि मनाउदै आएको यो चाडलाई महत्वपूर्ण रुपमा हेर्नु पर्ने बताउनु भयो ।

बिदा कटौती गरिएकोमा पनि फेरि सरकारले विचार गर्नुपर्ने धारणा राख्नु भयो । आफु विद्यमान सरकारको जिम्मेवारी व्यतित्व भएकोले यस विषयमा गम्भिर रुपमा सोच्ने बताउनु भयो । यस बिषयमा छलफल गरेर आगी नयाँ क्यालेण्डरमा समेटिएर आगामी बर्षदेखि पूर्ण राष्ट्रि बिदाका साथ यो चाड मनाउन सबैलाई विश्वास दिलाउनु भयो ।

अफु मगरको छोरी चेली भएकोले आफ्नो मौलिक कला सँस्कृति, भेषभुषा,भाषा तथा आफ्नो समुदाय प्रति गौरब लागेको खानपानी मन्त्री बिना मगरले बताइन् । साथै उहाले कार्यक्रम सफल्ताको शुभकामना समेत व्यक्त गरिन् ।

अहिलेको वर्तमान सरकार बडो लगशील र ईमान्दारीताका साथ नयाँ बिकास र जनताको चाहाना अनुसार अमुल परिवर्तमा लागी परेको समेत उहाको भनाई थियो । कार्यक्रममा विभिन मगर संस्कृति र पहिरण झल्काउने गीत तथा नृत्य समेत प्रतुत गरिएका थिए।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...