खामाखा खार्चुङ समाजले बिहिबार मिर्गौला पीडित अमल सरि राईलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरे

wwwjerungfilmswwwjerungfilms 13 Jan 2019

 

जेरुङ फिल्मस संवाददाता,२९,पौष—काठमाण्डौं । खामाखा खार्चुङ समाजले बिहिबार मिर्गौला पीडित अमल सरि राईलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । पीडितअमल राईलाई सस्थाको उपाध्यक्ष जीवन जित राई र सिमा राईले नगद रकम हस्तान्तरण गर्नु भयो । लामो समयदेखि मृगौला पिडित भएकी अमलसरि राईलाई खामाखा खार्चुङले रु २०,५०० नगद दिइएको हो । जुन रकम उठाउनका लागी खामाखा खार्चुङ समाजका सदस्य सीमा राईले महत्वर्पूण भूमिका निभाएका थिए । राई आफैले पनि रु २००० सहयोग गरेका थिए ।

उहाको पहलमा हाल क्यानाडामा रहनु हुने राजकुमार राईबाट रु १५,०००, खामाखा खार्चुङ समाजका अध्यक्ष अनु राईको पहलबाट रु ३००० र महा—सचिब लालसरा राईबाट रु ५०० गरि जम्मा रु २०,५०० खामाखा खार्चुङ समाजले बिहिबार पत्रकार सम्मेलन गरि हस्तान्तरण गरेको हो । खामाखा खार्चुङ समाज र अन्तर्राष्ट्रिय मानवअधिकार तथा अपराध नियन्त्रण संगठन ९सफेद चरण० र सायाबुङ चलचित्रको सहकार्यमा केही दिन अघि टिकामाया मगर र अमलसरि राईको उपचारका लागी रु ४६,७००सफेद चरणका हेल्थ कोडिनेटर पदम पावल लिम्बुलाई गाउमा हस्तान्रण गरिएको खामाखा खार्चुङ समाजका उपाध्यक्ष जीवन जित राईले बताउनु भयो ।

लामो समयदेखि सफेद चरणले मृगौला पीडितहरुका लागी महत्वपूर्ण योग्दान दिदै आएको छ । यो संस्थासँगै हातेमालो गर्दै किराँत संस्कृतिमा आधारित चलचित्र साया बुङले पनि आफ्नो च्याँरिटी शोबाट उठेको रकम समाजसेवा र बिरामीहरुकै लागी खर्च गर्दै आएको छ । सफेद चरणका हेल्थकोडिनेटर पदम लिम्बु पावलले हरेक बिरामीहरुको सेवा र उपचारकाली आफ्नो सिङ्गो जिवन नै समर्पित गर्दै आइरहेको छ । अब यस्तै बिरामीहरुको उपचारकै लागी आगामी नयाँ बर्षमा हलेसी खोटाङमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागीएको समेत उपाध्यक्ष जीवन जित राईले जानकारी दिए ।

सहयोगी मनहरुले रकम उठाएर आफ्नो संस्थाको नामबाट पीडितलाई वितरण गर्न दिएकोमा सहयोगी मनहरु प्रति उहाले धन्यबाद समेत ब्यक्त गर्नुभयो । उक्त कार्यक्रम मा दुबै मिर्गौला पीडित अमल राई ले सहयोगी दाता सम्पूर्ण खोटाङ हलेसी निबासी आपा आमा दाजै नाना हरुलाई हृदय बाटै धन्यवाद दिन चाहान्छु । आज म तपाइहरुकै कारनले बाचेको छु मलाई सधै यसरी नै माया गर्नु भन्नू भयो । उक्त रकम हस्तान्तरण कार्यक्रममा सस्थाको उपाध्यक्ष जीवन जित राई ले हामिले थोपा थोपा सङकलन गरेर गाउँ गाउँ गरेर यो रकम उठाएका छौ ।

गाउमा हस्तान्तरण गरिएको रकममा हामिले प्राबिधिक खर्च कटाइएका छैनौ भन्नू भयो । यहाँ सिमा राइको पहल मा राजकुमार राई र सस्थाको अन्य पदाधिकारीहरुबाट केही रकम सङ्कलन गरि बिरामी स्वयम् अम्मल राईलाई दिएका छौ, हाम्रो यो सानो सहयोग ले उहाको जिन्दगीमा केहि राहत हुन्छ भन्ने अनुमान गरेका छौ । हाम्रो यो कार्य जारी रहनेछ साथै यो माहान कार्यमा सहभागी हुनुहुने, आफ्नो गाँस कटाएर सहयोग गर्नुहुने तपाइहरु सबैमा म हृदय बाटै धन्यवाद दिन चाहान्छु उपाध्यक्ष राईले भन्नू भयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...