गीत संगीत क्षेत्रमा केही गर्न मन छ ः गायक तथा मोडल सन्तोष पोख्रेल

wwwjerungfilmswwwjerungfilms 10 Jan 2019

जेरुङ फिल्मस संवाददाता,२६,पौष–काठमाण्डौं । गीत संगीत तथा मोडलीङ क्षेत्रमा अब्बल रुची राख्ने सन्तोष पोख्रेलले आफ्नो रुची मात्र नभएर सिङगो सपना नै यस क्षेत्रमा रहेको बताउनु भयो । सानै उमेरदेखि सुनौलो सपना बोकेर कलाकारित क्षेत्रमा प्रबेश गरेका सन्तोष पोख्रेल यतिखेर निदेर्शनमा समेत व्यस्त हुने भएको छ । बर्दिया जिल्लामा जन्मेका पोख्रेल सानैदेखि गीत संगीत भने पछि हुरुक्कै हुन्थे । वाल्यकालमा शान्त स्वभाव तथा औधी प्रकृति प्र्रेमी भएको उहाले बताउनु भयो ।

विद्यलय तथा वरिपरि नजिक कुनै साँस्कृतिक कार्यक्रम हुने वित्तिकै हुरुक्कै भएर डौडने गरेको उहाँ सुनाउनु हुन्छ । अरु कलाकारहरुको रोचक र आफुले मन परेको गीत सधै गुन्गुनाउने गर्दथे । सानैमा आफुमा पनि यसरी कलाकार बन्ने सपना बोकेका पोख्रेल करिब पाँच वर्ष अघिदेखि कलाकारिता क्षेत्रमा प्रबेश गरेका थिए । मोडलीङ क्षेत्रबाट गीत संगीतमा छिरेका मोडल पोख्रेलले करिब अहिले सम्म आईपुग्दा दर्जनौ गीत समेत गाइसकेका छन् ।

बिशेष गरि आधुनिक ,पप र लोक गीत जस्ता बढी आफुलाई मन पर्ने गरेको उहाँ बताउनु हुन्छ । हुने बिरुवाको चिल्लो पात भने जस्तै कलाकारिता क्षेत्र केही गर्छु भन्ने सुनौलो सपना बोकेको गायक पोख्रेल अहिले यस क्षेत्र सफल बन्दै गएको छ । गीत संगीत तथा मोडलीङलाई पनि अगाल्दै अगाडी बढेका पोख्रेल अहिले निर्देशनमा समेत भ्याइँनभ्याई हुने भएका छन् ।

धेरै नेपाली म्यूजिक भिडियोमा अभिनय गरी सकेका पोख्रेल अब भने हिन्दी गीतमा पनि निर्देशन गर्ने तयारीमा छन् । पछिल्लो समय निकै चर्चामा आएको नदिम देशीको आवाजमा रहेको हुय बिचेन पेहेलीबार गीतमा कभर भिडियो निर्माण गर्न लागेको उहाले कलाखबरलाई बताउनु भयो । यो गीत आफुले निकै मन पराएको र यसले नेपाली म्यूजिकलाई पनि केही ह्राहत मिल्ने भएकोले यो गीतमा पनि आफ्नो खुबी देखाउन लागेको उहाको भनाई थियो ।

सम्भब त यहि पौष महिना भरिमा नै यो गीतको कभर भिडियो बजारमा ल्याउने तयारीमा लागी परेको छु उहाले भन्नु भयो । यो गीतको म्यूजिक भिडियोमा मैले निदेर्शन गर्दै छु, भने धैरैवटा गीतमा अभिनय गरिसकेका चर्चित मोडलहरु माया तामाङ र दिनेश कार्कीले अभिनय गर्दै छन् भन्नु भयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...