द्वन्द्वपीडित चौतारीद्वारा कानूनमन्त्रीलाई पत्र

wwwjerungfilmswwwjerungfilms 8 Jan 2019

जेरुङ फिल्मस संवाददाता,२४,काठमाण्डौं । द्वन्द्वपीडित साझा चौतारीले सङ्क्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितलाई प्राथमिकताका साथ सहभागी गराउन कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालाई पत्र पठाएको छ ।

चौतारीले आज मन्त्री ढकाललाई पठाएको पत्रमा कानून संशोधनको प्रक्रियामा द्वन्द्वपीडितलाई अलग राख्दा समस्याले निकास पाउने नसक्ने अनुभव भएको हुँदा द्वन्द्वपीडितलाई सहभागी गराउन माग गरिएको छ ।

पत्रमा विगतका अनुभवबाट पाठ सिकेर सबै सरोकारवाला पक्षको सहकार्यमा सङ्क्रमणकालीन न्यायको मार्गचित्र तयार पार्न, ऐन कानून एवं नीति तर्जुमा गर्न, कानून निर्माणका लागि पीडितसँग आवश्यक परामर्श गर्न एवं आयोगलाई विश्वसनीय र परिणाममुखी बनाउन माग गरेको छ ।

चौतारीले कानून संशोधनको अवसरको प्रक्रियामा पनि द्वन्द्वपीडितको माग र मुद्धा सम्बोधन हुन नसकेमा आयोगमा दर्ता भएका धेरै मुद्दा वैकल्पिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्यायको बाटोमा जानुपर्ने बाध्यता हुने पत्रमा उल्लेख छ ।

चौतारीले द्वन्द्वपीडितको समस्या समाधान गर्न गत मङ्सिर ४ र ५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गरी वडापत्र जारी गरेको थियो । सो वडापत्रका विषयमा पनि सरकारले ध्यान दिन चौतारीले माग गरेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...