सभापति देउवाद्वारा काङ्ग्रेसका पुराना नेता तारा कोइरालाको निधनप्रति दुःख व्यक्त

wwwjerungfilmswwwjerungfilms 8 Jan 2019

 


जेरुङ फिल्मस संवाददाता,२४,काठमाण्डौं ।नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ काङ्ग्रेसका पुराना नेता तारा कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले अत्यन्त स्तब्ध र दुःखित बनाएको उल्लेख गर्नुभएको छ ।

लमजुङका पुराना व्यक्तित्व ७५ वर्षीय कोइरालाको आज बिहान मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको काङ्ग्रेसले जनाएको छ । स्वर्गीय कोइराला विसं २०१७ पछि काङ्ग्रेस जिल्ला कार्यसमिति, लमजुङको संस्थापक सभापति हुनुहुन्थ्यो ।

विसं २०३६ मा जननायक बिपी कोइराला स्याङ्जाको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बिपीलाई लक्षित गरी तत्कालीन व्यवस्थाले चलाएको गोली लागि तारा कोइराला गम्भीर घाइते हुनुभएको थियो । उक्त गोली काण्डबाट उहाँको एउटा खुट्टा काट्नु परेको थियो ।

स्व कोइरालाले नेपाल विद्यार्थी सङ्घ लमजुङको संस्थापक अध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ लमजुङको संस्थापक अध्यक्ष, राष्ट्रिय अपाङ्ग कोषको पूर्व अध्यक्ष तथा पार्टीको महाधिवेशन प्रतिनिधिको समेत कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

नेपालमा लोकतन्त्र बहालीको सङ्घर्षका क्रममा कोइरालाले करीब दुई वर्ष जेल जीवन समेत व्यतित गर्नुभएको थियो । सभापति देउवाले स्व कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको सक्रिय योगदान नेपाली काङ्ग्रेसको इतिहासमा सदैव स्मरणीय रहिरहने बताउनुभएको छ ।

“उहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको छ, पार्टीलाई अपूरणीय क्षति पुगेको छ, उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु साथै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु” विज्ञप्तिमा उल्लेख छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...