उपचार अनुदान पाँच लाख पुर्याउने नेकपाका अध्यक्ष दाहालको दाबी

wwwjerungfilmswwwjerungfilms 4 Jan 2019

 

जेरुङ फिल्मस संवाददाता, २०,पौष भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपन्नको उपचारका लागि सरकारले दिँदै आएको रु एक लाख रकम बढाएर रु पाँच लाख पु¥याउने बताउनु भएको छ ।

भक्तपुरमा आज नेपाल अर्बुद रोग निवारण संस्थाको २८औँ राष्ट्रियसभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले विपन्नको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने भएपछि अब उपचार खर्चको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले अर्बुद रोग न्यूनीकरणका लागि जनचेतना फैलाउने अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले अर्बुद रोग न्यूनीकरणका लागि निरोधात्मक र प्रचारात्मक अभियानलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

देशमा बढ्दै गएको ‘अर्बुद’ रोगप्रति चिन्ता व्यक्त गर्दै उहाँले अब कोही पनि नागरिकले उपचार खर्चको अभावमा ज्यान गुमाउने अवस्था नआउने बताउनुभयो । सरकारले अस्पतालमा अर्बुद उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण वितरण गर्ने बताउँदै अहिले उपकरण ल्याउन भइरहेको प्राविधिक जटिलता अन्त्य गरी सुलभ र अत्याधुनिक उपकरणबाट अर्बुद रोगको उपचार गर्न आवश्यक कदम सरकारले चालिरहेको बताउनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...