अहिले सरकार निरन्तर बिकासको लागी जुटेको छ , ः प्रधानमन्त्री

wwwjerungfilmswwwjerungfilms 4 Jan 2019

जेरुङ फिल्मस संवाददाता,२०,पौष— इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकार निरन्तर बिकासको लागी अनवरत रूपमा जुटेको बताउनुभएको छ । इलाम सदरमुकाममा आज आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सरकारले कृषि, यातायात, औद्योगीकरण लगायतको क्षेत्रमा तीव्रताका साथ काम गर्न थालेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले अहिले राष्ट्र निर्माण अभियान शुरु भएकाले यो अभियानलाई सफल बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

“सरकार एक्लैले विकासमा गति दिन सक्दैन । यसका लागि उद्यमी, व्यवसायीको समेत सहयोग चाहिन्छ भन्नु भयो । उहाँले शिक्षा, मानव विकास सूचकाङ्क, आर्थिक उत्पादकजस्ता विषयमा इलाम अग्रणी जिल्ला भएकाले पनि यहाँ अनेकौँ लगानीयोग्य क्षेत्र रहेको उल्लेख गर्नुभयो । इलाम मुलुककै अग्रणी र लोभ लाग्दो भुभाग भएकोले पनि यहाँ ढुक्क भएर लगानी गर्न अपिल गर्नु भयो । इलाम सचेत जिल्ला भएकाले सबै क्षेत्रमा लगानी गर्दा उल्लेखनीय प्रगति हुने भन्दै प्रधानमनत्री ओलीले यहाँ सञ्चार, उत्पादनको साधनलगायतका थुप्रै लगानीयोग्य क्षेत्र रहेका छन् भन्नुभयो ।

अन्तर्राष्ट्रिय स्तरमा समेत इलाम लगानीयोग्य क्षेत्र भनेर चिनिसकेकाले इलामको आर्थिक विकास हुनेमा आफू ढुक्क रहेको बताउँदै उहाँले प्रदेश नं १ देशकै नमूना प्रदेश भएकाले यहाँका सबै विषयवस्तुले आकर्षण गर्ने उल्लेख गर्नुभयो । यो प्रदेशमा देशकै होचो क्षेत्रदेखि सगरमाथासम्मका क्षेत्र छन् । कञ्चनजङ्गा पर्वत शृङ्खलादेखि विश्वकै अग्लो क्षेत्र अन्य हिमालसमेत भएको क्षेत्र भएकाले सबै वस्तुको आकर्षक प्रदेश हो, प्रधानमन्त्रीले भन्नुभयो । लगानी सम्मेलनको अवसरमा प्रधानमन्त्री ओलीलाई इलाम नगरपालिकाका तर्फबाट अभिनन्दित समेत गरिएको छ ।

राष्ट्र निर्माणमा पु¥याएको योगदानको कदर गर्दै प्रधानमन्त्रीलाई नगरले अभिनन्दन गरेको हो । सामान्य परिवारमा हुर्किएर पनि राष्ट्रका लागि लडेको र मुलुकको परिवर्तनको लागि जेल जीवनसमेत बिताउनु परेको भन्दै प्रधानमन्त्रीलाई अभिनन्दन गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी, उद्यमीलगायतको उपस्थिति थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...