तीन सय पचपन्न मुद्दा फछ्र्योट

wwwjerungfilmswwwjerungfilms 3 Jan 2019

 

जेरुङ फिल्मस संवाददाता, १९ पुस– वीरेन्द्रनगर । सुर्खेत जिल्ला अदालतले पाँच महीनाको अवधिमा ३५५ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा दर्ता भएका ८८६ मुद्दामध्ये ३५५ वटा फछ्र्योट भएको र ५३१ मुद्दा बाँकी रहेको अदालतका श्रेस्तेदार भुपाल भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार अदालतमा रहेका जम्मा मुद्दामध्ये ३६३ मुद्दा पुराना थिए । मुद्दा फछ्र्योटको कामलाई प्रभावकारी बनाइएको जिल्ला न्यायाधीश धुव्रकुमार शाहले बताउनुभयो । उहाँले अदालतमा पुराना मुद्दा बाँकी नरहेको जानकारी दिनुभयो ।

अदालतको तथ्यांकअनुसार एक वर्षदेखि १८ महीनासम्मका तीन थान मात्र मुद्दा फछ्र्योट गर्न बाँकी छ । दार्ता भएका अधिकांश मुद्दा जबर्जस्ती करणीका छन् । पाँच महीनाको अवधिमा ४४ जबर्जस्ती करणी २८ बहुविवाह, १० जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए । त्यसैगरी लागुऔषधका ३४, घरेलु हिंसाका १६ र बालविवाहका दुई मुद्दा दर्ता भएका उक्त अदालतले जनाएको छ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...