दोहोरो नागरिकता लिने महिला पक्राउ

wwwjerungfilmswwwjerungfilms 3 Jan 2019

जेरुङ फिल्मस संवाददाता,१९,पौष–विराटनगर । झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छिन् । विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि सुनसरी पठाएको सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले बुधबार जानकारी दिनुभयो ।

दाहालले २०४४ साल चैत्र १५ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट तीर्थराज खतिवडालाई बाबु बनाई नागरिकता लिएको र बाबुराम दाहाललाई बाबु बनाई सुनसरी जिल्ला प्रशासनबाट २०४६ साल जेठ १६ गते अर्को नागरिकता लिएको भेटिएकाले उनलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...