दुई विशिष्ट संगीत साहित्य साधकलाई सम्मान तथा अभिनन्दन

wwwjerungfilmswwwjerungfilms 29 Dec 2018

जेरुङ फिल्मस संवाददाता,पौष,१४–काठमाण्डौं । नेपाली प्रतिभा प्रतिष्ठान वेलायतले आज राजधानीमा एक कार्यक्रमका बीच दुई विशिष्ट संगीत साहित्य साधकलाई सम्मान तथा अभिनन्दन गरेका थिए । प्रज्ञाभवनमा आयोजित कार्यक्रममा गायीका दावा ग्योल्मो दार्जिलिङ र लेखक,समालोचक तथा अनुवादक बलराम अधिकारीलाई सम्मान तथा अभिनन्दन गरिएका थिए ।

गायीका दावा ग्योल्मोलाई सन् २०१८ को प्रतिभा सम्मान् तथा लेखक,समालोचक एवम् अनुवादक बलराम अधिकारलाई प्रतिभा पुरस्कारबाट सम्मान् गरिएका थिए । दुवै प्रतिभालाई अभिनन्दनसँगै एक–एक लाख नगद र ताम्रा पत्र समेत दिएका थिए । सम्मानित दुवैजना प्रतिभालाई प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि एवम् मुन्धुम बिट बैराँगी काइँलाले बधाई तथा उत्तोरात्तर प्रगतिको शुभकामना दिएका थिए ।

गीत संगीतको इतिहासलाई नियाल्दै आफूले गीत संगीत क्षेत्रमा दिएको योगदानको कदर गर्दै नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले दिएको सम्मान तथा अभिनन्दन प्रति धेरै खुशी लागेको गायीका दावा ग्याल्मोले बताइन् । अझै पनि यस्ता महत्वपूर्व कार्यलाई निरञ्तर अगाडी लैजान आग्रह समेत उहाले गरिन् ।

आफ्नो काम र मेहिनतको मूल्याङ्कन गर्दै सम्मान तथा अभिनन्दन गरेकोमा साहित्यकार बलराम अधिकारीले खुशी व्यक्त गर्नु भयो । साथै उहाले समालोचना निबन्ध तथा अन्य कृतिहरुको परिभाषित परिचय समेत दिएका थिए । कार्यक्रममा करिब २५० जना संगीत तथा साहित्य अनुराँगीहरुको उपस्थिति रहेका थिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...