सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदीय सुनुवाई समितिमा ९ उजुरी दर्ता, महाअभियोग लगाई बर्खास्तीको माग

wwwjerungfilmswwwjerungfilms 28 Dec 2018

जेरुङ फिल्मस संवाददाता,१३,पौष–काठमाडौं । भावी प्रधानन्याधीशका लागि सिफारिस सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदीय सुनुवाई समितिमा ९ जनाले उजुरी दर्ता गराएका छन् । उजुरी दर्ता गराउँदै उनीहरुले न्यायाधीश राणालाई भष्टाचारीको नाइके भएको आरोप समेत लगाएका छन् । शुक्रबार संसदीय सुनुवाई समितिमा सांसदहरुसँग उजुरीका विषयमा छलफल गर्न पुगेका उनीहरुले चोलेन्द्र शम्शेरलाई प्रधानन्यायाधीशमा नियुक्त गरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

एकजना उजुरीकर्ता पुण्यप्रसाद गौतमले उनी अत्यधिक मात्रामा भष्टचार गर्ने न्यायाधीश भएको आरोप लगाउँदै संसारका भष्ट्राचारीबीच प्रतिष्पर्धा भए उनले अन्तर्राष्ट्रिय मेडल जित्ने तर्क गरे । उनले भने– ‘उनले वीरगञ्ज पोखरियाको अरबौंको जग्गा बहिनीको जेठाजुको नाममा गरिदिए, यस्तो छ सयौं ठाँउमा गरिएको छ । यो त एउटा उदाहरणमात्र हो । पशुपतिभक्त महर्जनले एउटा स्टयाम्प लगाइदिएको भरमाा नेपाल ट्रष्ट ऐनको विरुद्धमा गएर प्रेरणा राज्यलक्ष्मी शाहको दाइजोको आधार खडा गरिदिए । उनले नेपालको संविधानलाई कानुनाई पनि मान्दैनन्, संसारको भष्ट्राचारीमा चोलेन्द्र पर्छन् ।’

उनले संसदले बनाएको कानुन पनि पालना नगर्ने र जथाभावी फैसला गर्ने उनले दावी गरे । संविधान कानुन र नियम विपरित उनले फैसला गर्ने भएकोले प्रधानन्यायाधीश बनाउन नहुने उनको तर्क थियो । यस्तै, अर्का उजुरीकर्ता ऐतिहासिक धरोहर तथा सार्वजनिक सम्पदा संरक्षण अभियानका संयोजक जफरुल हुसेन अन्सारीले वीरगञ्ज महानगरपालिकामा रहेको ४ बिघा क्षेत्रफलमा रहेको धार्मिक सम्पदा सालो नाता पर्ने प्रमोद बिक्रम शाहलाई दिलाएको आरोप लगाए ।

उनले चोलेन्द्रशम्शेर र दीपकराज जोशीको संयुक्त इजलासले आफन्तलाई धार्मिक सम्पदा दिलाएर धार्मिक सम्पदामा नोक्सान पुर्याएको उनले बताए । अन्सारीले भने– ‘उनी राजसंस्थाको चरित्र बोकेका मान्छे हुन्, चोलेन्द्रशम्शेर प्रधानन्याधीश भए संघीय लोकतन्त्र नै खतरामा पर्ने, राजसंस्थासँग जोडिएका मुद्धा उनीहरुको पक्षमा फैसला गरिदिन्छन् । राष्ट्रको ठूलो क्षति पुर्याउने भएकोले उनलाई महाअभियोग लगाई कारबाही गर्नुपर्छ ।

अन्सारीले वीरगञ्जको सार्वजनिक चार बिगाहा जमिन प्रमोद विक्रम शाहले हडपेपछि २०६५ असार २६ गते जिल्ला अदालत र पुनरावेदन अदालतले २०६७ असार २८ गते शाहको विपक्षमा फैसला गरेको बताए । तर शाहले सर्वोच्च पुनरावेदनका लागि निवेदन दिएपछि जिल्ला अदालत र पुनरावेदन अदालतको फैसलालाई उल्टाउदै चोलेन्द्रशम्शेरको इजलासले प्रमोद विक्रम शाहको नाममा लालपूर्जा कायम गरिदिएको बताए । न्यायको सर्वमान्य सिद्धान्त विपरित चोलेन्द्र शम्शेरले आफन्तको नाममा फैसला गरेको भन्दै त्यसको बदरका लागि जिल्ला अदालत पर्सामा २०७४ बैशाख ११ गते दायर गरेको मुद्धा बिचाराधिन रहेको उनले बताए ।

    यी हुन् चोलेन्द्रविरुद्ध उजुरी गर्ने ९ जना  यस्ता छन् उजुरी

प्रधानन्यायाधीशका लागि सिफारिस चोलेन्द्रशम्शेर बिरुद्ध ९ जनाले संसदीय सुनुवाई समिति समक्ष  उजुरी गरेका छन् । उत्तमबहादुर बस्नेत, भाजु लामा, जमबोला लामा, माधवप्रसाद पौडेल, राम बस्नेत, पुण्यप्रसाद गौतम, जफर अन्सारी, गजेन्द्र थापा र जुल्फा लामाले उजुरी गरेका छन् ।

उनीहरुले विभिन्न मुद्धामा चोलेन्द्रशम्शेर राणाले आर्थिक प्रलोभनमा पीडितको विपक्षमा फैसला गर्ने आरोप लगाएका छन् । बौद्ध जागरण केन्द्रका कोषाध्यक्ष जम्बला लामाले भनेका छन्– ‘विवादित भष्ट्र न्यायाधीश चोलेन्द्रशम्शेर राणालाई न्यायपरिषद र संबैधानिक परिषदले कालो कौवालई सेतो बनाई सिफारिस गरिएकोमा सम्पूर्ण जनसमुदाय र न्याय क्षेत्रकै अपमान गरेको हो कि भन्ने जनआङ्कलन आएको छ ।’
उनले अगाडि थपेका छन्– ‘चोलेन्द्रशम्शेर जबराले उनी जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वोच्च अदालतसम्म आइपुग्दा पनि ठूला–ठूला केशहरु आर्थिक प्रलोभनमा परि दूषित फैसलाहरु गरेको नजिरहरु भेटिएको छ । उदाहरणको लागि एक पीडित महिला ८२ बर्षकी माइली तामाङ लामाको सर्वस्वनै हरण भएको छ ।

न्यायाधीश चोलेन्द्रशम्शेर बिरुद्धका आरोपीहरुले सार्वजनिक सुनुवाई समितिमा दिएको उजुरी पत्रमा न्यायाधीश राणालाई कारबाही गरि पदबाट हटाईपाउँ भनेर उजुरी दिएका हुन् । समितिले गएको पौष २ गते गोरखापत्रमा सुचना प्रकाशन गरी उजुरी माग गरेको थियो ।
उजुरीकर्ताहरुले सर्वोच्च अदालतमा हरेक मुद्धामा उनले अनियमितता गरेको, माफियाको निर्देशनबाट फैसला गर्ने गरेको, ऐन कानुन नजिर र संविधानको बर्खिलाप जयप्रकाश प्रसाद गुप्ताको मुद्धामा व्यापक अनियमितता गरेको आरोप लगाएका छन् ।

प्रेरणा राज्यलक्ष्मी सिंहको रामकुमार प्रसाद शाहलाई गुमराहमा पारी ज्ञानेन्द्र शाहको फुपुको छोरामार्फत वासिङ्गटन डिसीमा आफ्नो मानिस र आफ्नो नाममा बैंकमार्फत घुस लिएको पुष्टि भएको उनीहरुको आरोप छ । ज्ञानेन्द्र शाहको फुपुको छोरामार्फत १५ करोड असुलेर २०७२ असार ६ गते प्रेरणा राज्यलक्ष्मी सिंहलाई नेपाल ट्रष्टको जग्गा दाइजो कामय हुने फैसला गरेको अर्को आरोप लगाइएको छ ।
आरोपीहरुले संबैधानिक निकायका पदाधिकारीहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका समामुख, सांसदहरु लगायतलाई सम्बोधन गर्दै राणाको अनियमिता टुलुटुलु हेरर बसेको आरोप लगाउँदै प्रश्न गरेका छन्– ‘सम्माननीय ज्यूहरु र माननीय ज्यूहरु राष्ट्रवादी हो कि अनियमिता गर्नेको संरक्षक ?

                    राणालाई कारबाही गर्न राष्ट्रपतिलाई निवेदन

उजुरीकर्ताहरु ठूली तामाङ र पुण्यप्रसाद गौतमले न्यायाधीश चोलेन्द्रशम्शेर राणालाई कारबाहीका लागि निवेदन समेत दिएका छन् । ठुली तामाङले गएको कार्तिक ७ गते राष्ट्रपति विद्या भण्डारीलाई न्यायाधीशलाई कारबाही गरी रुपैयाँ फिर्ता पाउँ भन्दै निवेदन लेखेकी थिइन् । उनले जग्गा मुद्धामा न्यायाधीश राणाले ३० वकिल र वारेसकर्तामार्फत ३० लाख रुपैयाँ लिएको दावी गर्दै उक्त रकम फिर्ता माग गरेकी छिन् ।

यस्तै गएको असोज १८ गते पुण्यप्रसाद गौतमले प्राकृतिक न्यायको सिद्धान्त विपरित काम गर्ने न्यायाधीशलाई कारबाही गरिपाउँ भनेर राष्ट्रपति भण्डारीलाई निवेदन दिएका थिए । निवेदनमा उनले चोलेन्द्रशम्शेर राणाले गरेका फैसला छानविन गरि कारबाहीको माग गरेका छन् ।
शुक्रबार सार्वजनिक सुनुवाई समितिका सदस्यहरुले आरोपीहरुको उजुरी लिँदै उनीहरुसँग छलफल गरेका छन् । यही पुस १५ गते दिउँसो २ बजे प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई संसदीय सुनुवाईका लागि बोलाइएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...