कुलुङ संघद्वारा बेजोड साँस्कृतिक कार्यक्रम सहित चाक्चाकुर चाड मनाइदै

wwwjerungfilmswwwjerungfilms 27 Dec 2018

जेरुङ फिल्मस संवाददाता,१२,पौष–काठमाण्डौं । नेपाल किराँत कुलुङ संघ उपत्यका कार्यसमितिले राजधानी काठमाण्डौमा शुभकामना अदनप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । कुलुङ जातीहरुको बिशेष महान चाड मिनारी दाचाम लो निङदोङ चाक्चाकुरको अवसरमा सो कार्यक्रम गर्न लागीएको हो । हिन्दु धर्मावलम्बिहरुले दशै–तिहार मनाए जस्तै कुलुङ जातिहरुले पनि हर्ष र उल्लासका साथ यो चाड मनाउदै आएको छ ।

बिशेष गरि यी जातिहरुको उदगम थलोको रुपमा महाकुलुङ गाउँपालीका सोलुखुम्बु , संखवासभा, भोजपुर धरान, सुनसरी लगायतका विभिन्न ठाउँहरुलाई लिइन्छ । यही पौष १५ गते राजधानी बाहेक महाकुलुङ गाउँपालीका, संखवासभा, भोजपुर धरान, सुनसरी लगायतका विभिन्न ठाँउहरुमा समेत एकै दिन वृहत रुपमा कार्यक्रम हुदैछ । यस दिन कुलुङहरुको भाषा सँस्कृति अनुसारको पहिरन लागाएर आफ्नो सँस्कृति झल्काउने गरिन्छ ।

यो चाड पौष १५ देखि माघ १५ सम्म मनाउने चलन छ । कुलुङ जातिहरुको आफ्नै किसिमको संवत दिन, बार र महिनाहरु हुन्छन् । जस अनुसार पौष १५ देखि माघ १५ सम्मलाई चाक्काकुर भनिन्छ । यो महिनालाई यी जातिहरुले नयाँ वर्षको रुपमा पनि लिने चलन छ । अहिले यले संवत ५०७९ को अवसरमा देशका विभिन्न स्थानहरुमा यी जातिहरुले यो चाड मनाउदै छन् ।

राजधानी काठमाण्डौका लागी कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागी पूर्ण रुपमा तयारी भईसकेको आयोजक भुपेन्द्र थिम्राले कलाखबरलाई जानकारी दिनु भयो । कार्यक्रमलाई रोचक र मनोरञ्जनपूर्ण बनाउनका लागी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति राखिएको उहाले बताउनु भयो ।

कार्यक्रममा सत्य कला राई, सुस्मिता राई, रिदिमा कुलुङ, लिला राई, क्षितिज कुलुङ,सुमन कुलुङ,भीम कुलुङ,अर्चना कुलुङ,अजय कुलुङ, सुहाङ लिम्बु, वाल गायक मनिष लिम्बु, विनिता राई, राहुल श्रेष्ठ,अधिश्री कस्पाल,संयोगान्त कुलुङ लगायतका कलाकारहरुले बेजोड प्रस्तुति दिने भएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...