डिपास इन्टरनेशनलद्वारा अयोजित कार्यक्रममा मंगलबार प्रतियोगीहरुले आफ्नो टयालेन्ट शो देखाए, अन्तिम फाईनल शो पौष १५ गते हुदै

wwwjerungfilmswwwjerungfilms 26 Dec 2018

जेरुङ फिल्मस संवाददाता,११,पौष–काठमाण्डौं । डिपास इन्टरनेशलले मिस र मिस्टर शेर्पा २०१८ सौन्दर्य प्रतियोगिता कार्यक्रमको अन्तिम चरणको तयारीमा पुगेको छ । समुदाय भित्रको प्रतिभाहरुलाई प्रतिस्प्रधा गरि बाहिर ल्याउने उद्देश्यले यो कार्यक्रम गर्न लागीएको डिपास इन्टरनेशनलका कार्यकारी प्रमुख छेलामु शेर्पाले बताईन् ।

गत वर्षदेखि डिपास इन्टरनेशलले यो कार्यक्रम गर्दै आएकोमा मिस्टर शेर्पा प्रतियोता भने नेपालकै पहिलो प्रतियोता हो । गत बर्ष १२ जना सहभागी रहेका थिए भने यो वर्षको प्रतियोगीतामा १८ जना प्रतियोगीहरु सहभागी रहने भएका छन् । सहभागी प्रतियोगीहरुको प्रतिभालाई अझै प्रभावकारी र रोचक बनाउनका लागी कलावती सुब्बाले तालिम दिदै आएका छन् ।

कोरियोग्राफर समेत रहेका सुब्बाले दुई हप्ता अघिदेखि नै प्रतियोगीहरुलाई प्रशिक्षण दिदै आएको छ ।  सहभागीहरुको खुबी र प्रतिभालाई निश्पक्ष दङगबाट प्रस्फुटन गर्ने गराउने उद्देश्यका साथ आज बौद्ध गार्डेन,तीनचुली, काठमाडौँमा मिस तथा मिस्टर शेर्पा २०१८ ट्यालेन्ट शो गरिएको हो ।

कार्यक्रममा गायीका बिनिता राई, मिडिया पर्सन राज लुईटेल, मिस शेर्पा २०१७ सोनाम डोल्मा शोर्पा तथा अभिनेत्री प्रियिङका भण्डारी आदीले जर्ज गरेका थिए । अन्तिम फाइनल प्रतियोगीता भने पुस १५ गते काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...