कलाकार तथा सफल व्यावसायी गोकुल रोक्काद्वारा विद्याललाई सोफासेट सहयोग

wwwjerungfilmswwwjerungfilms 24 Dec 2018

जेरुङ फिल्मस संवाददाता,९,पौष–काठमाण्डौं । कलाकार तथा सफल व्यावसायी गोकुल रोक्काले विद्यालयलाई सोफासेट सहयोग गरेका छन । व्यावसायी तथा समाजसेवी समेत रहेका रोक्काले हरेक वर्ष आफ्नो जन्मत्सवको अवरमा विभिन्न सघं संस्थालाई कुनै न कुनै सहयोग गर्दै आएको छ । यस पाली भने रोक्काले विद्यालयलाई २५ हजार मूल्य बराबरको सोफासेट हस्तान्तर गरेका हुन ।

आफनो जन्म दिनको अवसर पारेर काठमाडौको सुन्दरीजल नयाँपाटी स्थित रामजानकी निम्न माध्यमिक विद्यालयलाई सोफासेट सहयोग गरेका छन । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका रोक्का व्यवसायी मात्र नभएर कुसल कलाकार पनि हुन । व्यवसाय राजनीति तथा कलाकारितासँगै एकैसाथ अगाडि बडेका उनी, रोक्का सेवा समाजका अध्यक्ष समेत रहेर सामाजिक काममा क्रियाशिल रहदै आएका छन ।

गत बर्ष रोक्काले काठमाडौको गोकर्णस्थित संयुक्त अपाङ एकता आवास केन्द्रका बालबालिकाहरुको लागि सुत्नको लागि फलामका खाट तथा खाना खाने डाएनिङ टेवल सहयोग गरेका थिए । यस बर्ष रोक्काले रामजानकी माध्यमिक विद्यालयलाई सोफा सेट हस्तान्तरण गरेका हुन । राम जनकी स्कूलको भवन निर्माण गर्ने बेलामा पनि रोक्काले उक्त स्कूलको भवन निर्माण गर्न २ महिना श्रमदान गरेका थिए ।

हाल उक्त विद्यालयको अवस्था सुधार आएको छ । भने अझ सुधार यही माघ २२ गतेदेखि सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुदैछ । उक्त सप्ताहमा नवराज भट्टराईले कथा वाचन तथा प्रवचन सुनाउने कार्यक्रम रहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...