वाल गायक मनिष लिम्बुलाई आर्थिक सहयोग रकम वितरण,घर निर्माण कार्यमा लगानी गर्ने मनिषको उदघोष(भिडियो) सहित

wwwjerungfilmswwwjerungfilms 21 Dec 2018

राजकुमार कुलुङ राई,६,पुष–काठमाण्डौं । वाल गायक मनिष लिम्बुको नाममा कोरियाबाट आर्थिक सहयोग रकम पठाईएको छ । सो रकम गायीका बिनिता राई र आमुल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले वितरण गरेका थिए । बिहिबार अनुभव थकाली भान्सा घर कुसुन्तीमा पत्रकार सम्मेलन गरी सो रकम वितरण गरिएको हो ।

लोक प्रीय वाल गायक मनिषको नाम्मा हाल कोरिया स्थित रहेका रजिन बाबु ( श्याम ) राईले पहल गरि जम्मा ४९,५०० रकम उठाएका थिए । बिदेशमा रहेका सहयोगी मनहरु जम्मा २५ जनाबाट सो रकम जम्मा भएको रजिन बाबु श्याम राईले जानकारी दिनु भयो । मनिषको धेरै राम्रो प्रतिभा भएको तर आर्थिक स्थिति अलि कम्जोर भएको आफूले थाहा पाएकोले यस बिषयमा निकै चासोका साथ पहल गरी रकम उठाईएको उहाले बताए ।

सो रकम पत्रकारहरु माझ सार्वजनिक गर्दै, गायीका विनिता राई र आमुल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीको हातबाट वितरण गरिएको छ । अमुल परिवर्तन पार्टीका अध्यक्ष गिरीले कार्यक्रममा बोल्दै, मनिष भाईको कला र गलालाई सम्मान गर्दै सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिनु भयो । यो कलिलो उमेरमा बाल प्रतिभाको प्रगती देख्दा साह्रै खुशी लागेको पनि बताउनु भयो ।

वाल गायक मनिष भाईलाई आफ्नो हातले रकम वितरण गर्न पाउदा साह्रै खुशी लागेको छ, गायीका बिनिता राईल भन्नु भयो । यसका लागी बिशेष गरि हाल कोरियामा रहेका रजिन बाबुलाई धन्यबाद दिन चाहान्छु । उहाकै पहलमा जम्मा २५ जना सहयोगी मनहरुबाट यो रकम उठेको हो । उहाकै शब्द र सुहाङ लिम्बुको संगीतमा मनिष भाईसँग गीत गाउने अवसर पनि पाएको छु ।

आज म एकदमै हर्षित भएको छु भन्नु भयो । मनिष लिम्बुको नेतृत्वकर्ता तथा मार्गदर्शक सुहाङ लिम्बुले पनि विनिता राई र रजिन बाबु प्रति धन्यबाद व्यक्त गर्नु भयो । उहाँलाई पत्रकारले सोधेको प्रश्नमा जुन उठेको रकम अब बन्न लागेको मनिषको घर निर्माणमा लगानी गर्ने बताउनु भयो । साथै उहाले सबै सहयोगी मनहरुलाई धन्यबाद पनि दिनु भयो ।

आगामी दिनहरुमा पनि यसरी नै वाल गायक मनिषलाई माया गर्दै निरन्तर सहयोग गर्न अपिल गर्नु भयो । सकेसम्म अब सहयोगी हातहरु यसरी नै लम्किदै गएमा चाडै नै मनिषको घर निमार्ण कार्यको पनि थालनी गर्ने योजना रहेको उहाको भनाई थियो । कार्यक्रममा वाल गायक मनिष र गायीका बिनिता राईले गीत समेत गाएर मनोरञ्जन दिएका दिए ।

सामाजिक अभियन्ता तथा हाँस्यकलाकार सुमन मगरले मनिष लिम्बुको उज्वल भविष्यको कामना गर्दै आफ्नो हलमा नयाँ कार्यक्रम गर्न पाउदा खुशी लागेको बताउनु भयो । अनुभव थकाली भान्सा घरका प्रोपाइटर समेत रहेका मगरले निःशुल्क हल, खाजा,नास्ता र सबैलाई खानाको समेत ब्यावस्था गरेका थिए । मनिष र बिनिताको संयुक्त रुपमा रहेको गीत पनि चाडै नै बजारमा आउन लागेको उनीहरु दुवै जनाले बताए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...