ओखलढुङ्गा भिजन आईडल प्रवृती राईको हजारौलाई रुवाउने मार्मिक गीत सार्बजनिक

wwwjerungfilmswwwjerungfilms 20 Dec 2018

 

 

 

 

जेरुङ फिल्मस संवाददाता,६,पौष –काठमाण्डौ  । २०७५ को ओखलढुङ्गा भिजन आईडल बिजेता प्रवृती राईको हजारौलाई रुवाउने मार्मिक पहिलो गीत सार्बजनिक भएको छ । पूर्वीय नेपालको खोटाङ जिल्लामा जन्मेकी राईले तिमीले छाडी जादा मेरो के हालत हुन्छ ? बोलको गीत बजारमा ल्याएको हो । सानै उमेरदेखि नै गीत संगीतमा रमाउने सुनौलो सपना बोकेकी राईले साईनो कला केन्द्रबाट आफ्नो सांगीतिक यत्रा गर्ने सुनौलो मौका पाएको बताइन् ।

प्रमोद श्रेष्ठको शब्द रहेको“तिमीले मलाई छाडी जादाँ मेरो के हालत हुन्छ ” ? बोलको गीत भक्त बिश्वकर्माको सुमधुर संगीत रहेको छ । यो गीतमा युगल जोडीको बीचको आपसी प्रगाढ माया, पे्रम देखाउन खोजिएको छ । जन्म फरक फरक धारबाट भए पनि बाचुन्जेलसँगै जिन्दगी बिताउला, उकाली ओरीलीहरुमा हातेमालो गर्दै,मृत्यूवरण अब सँगै गरौंला भन्ने मख्य सन्देश गीतकारले उजागर गर्न खोजिएको छ ।

सामान्य परिवारमा जन्मेकी राईले गायीका बन्ने लक्ष्य आफ्नो भन्दा पनि आफ्नी आमाको ठूलो सपना रहेको सुनाइन् । जुन आफ्नो प्राण भन्दा प्यारी आमाको सपनालाई पूरा गर्न अगाडी लम्किदै गर्दा,आमाको अल्पायुमै भएको मृत्यूवरणले आफूलाई ठूलो चोट पुर्याएको उनले बताइन् । आमाको शोकले भावविभोर हुंदै आफ्नो गन्तब्य र सपनालाई पनि भुलेर तितरबितर भईरहेको बेला साईनो कला केन्द्रसँग उनको भेट भयो ।

सो भेटले उनको घाउँमा मलम लगाउने कामसँगै उनलाई कक्षाको लागि भर्ना गरिदियौँ । हाल उनी नियमित कक्षा लिईरहेकी छिन । प्रगति पनि दिनानुदिन भईरहेको छ । साथै उनले ओखलढुङ्गामा भएको २०७५ को प्रथम उपाधी हात पार्न समेत सफल भईन् । आज तिनै प्रवृती राईको गीत बजारमा आउदा हामी उत्साहित भएका छौँ, साईनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले  भन्नु भयो ।

आफ्नो कलाकारिता क्षेत्रमा आउनलाई सबै परिवारको पनि राम्रो सहयोग रहेको गायीका राईले बताइन् । अझै त्यसमा पनि साईनो कला केन्द्र र प्रमोद दाईको ठूलो सहयोग रहेको छ । मेरो भबिष्यको ढोका नै साईनो कला केन्द्रले खोलिदिएको छ, म यो गुण जिन्दगीमा कहिल्यै पनि बिर्सन सक्दिन गायीका राईले भन्नु भयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...