छैठौ लोक दोहोरी अवार्ड २०७५ बिबादमा, अवार्ड पाएको व्यक्ति किन अवार्ड लिन गएनन त ?

wwwjerungfilmswwwjerungfilms 18 Dec 2018

जेरुङ फिल्मस संवाददाता,३,पुष–काठमाण्डौ । हरेक वर्ष दोहोरी अवार्ड प्रतियोगिता गर्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिले यो बर्ष पनि छैटौ लोक दोहोरी अवार्ड प्रतियोगिता गरेको छ । यस बर्षको राष्ट्रिय लोक दोहोरी अवार्ड भने गत बर्षको दाजोमा केही फितलो भएको महशुष गरिएको छ ।

निर्धारित समय भन्दा करिब तीन घण्टा ढिलो गरी कार्यक्रम सुरु गरिएको छ । शिब हमालले आफ्नो कार्यकालमा अवार्ड कार्यक्रम सञ्चालन गर्दा कुनै सफल नपाएको र कसैलाई पनि चित्त बुझाउन नसकिएको आरोप लगाईएको छ । यो लोक दोहोरी अवार्ड को सुरुवात पनि शिब हमालले नै गरेका हुन् ।

तर यो वर्ष पिएन सापकोटाको अध्यक्षतामा सम्पन्न भएको अवार्ड पनि सबैले फितलो भएको महसुस गरेका छन् । १२ः१५ बजे कार्यक्रम सुरु गरि दिउसो ठीक एक बजे टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्ने भनिएको कार्यक्रम करिब ३ः३० बजे मात्र सुरु भएपछि नै सबैमा संका उत्पन्न भएको थियो ।

सो कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारण सुरु हुने भनिएपनि १ बजे देखी ३ बजे सम्म हलको पर्दा खोलिएको थिएन । यो सालको अवार्ड कार्यक्रममा पत्रकारहरुलाई अपमान पनि भएको अनलाइन पाना डट.कमले जनाएको छ । आयोजकले पत्रकारलाई सम्मान गर्ने बाचाका साथ मिडिया पार्टनर र स्क्रोलमा नाम समेत बगाईएको तर बोलीमा नै सिमित गर्दै व्यवहारमा नउतारेको अनलाईन पानाको आरोप छ ।

अर्को कुरा सुन्दा कतिपयलाई अचम्म पनि लाग्न सक्छ । आफ्नै मनोमानी गर्ने भए आखिर लोक पत्रकारिता पुरस्कारका लागि अनि अफिसयिल मिडिया पार्टनरको रुपमा किन जिम्मा दिने ? यो आयोजक पक्ष कै ठुलो कमजोरी र लापरबाही हो ।

अवार्ड कार्यक्रममा कतिपय अवार्ड पाउने ब्यक्तीहरु अवार्ड लिन समेत गएनन् उपत्यका समन्वय समितीले लोक पत्रकारिता पुरस्कार कस्लाई दिने भन्ने जिम्माको निर्णय गर्न र सिफारिस गर्न राष्ट्रिय लोक सञ्चारकर्मी नेपाललाई जिम्मा दिएको थियो । त्यसको सम्पूर्ण काम लोक सञ्चारकर्मी नेपालले सुदर्शन आचार्यलाई सिफारिस गरेको थियो ।

तर लोक सञ्चारकर्मी नेपालबाट सिफारिस भएको ब्यक्तीलाई लोक पत्रकारिता पुरस्कार प्रदान नगरी नरहरी न्यौपानेलाई प्रदान गरियो । त्यो सबैआयोजक तथा केन्द्रिय अध्यक्ष बद्रि पंगेनी, उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटा लगायत केही ब्यक्तीको मनोमानीमा चलखेल भएको लोक सञ्चारकर्मी को आरोप छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...