‘ शुक्रबारबाट तीन फिल्म एकै चोटी बजारमा आउदै

wwwjerungfilmswwwjerungfilms 14 Dec 2018

जेरुङ फिल्स संवाददाता,२८,मंसिर –काठमाण्डौं । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत स्टारर फिल्म ‘प्रसाद’ ले दोस्रो हप्तामा प्रदर्शन थालनी गर्दा शुक्रबारबाट तीन नयाँ नेपाली फिल्मले प्रदर्शन सुरु गरेका छन् । फिल्म हुन्( ‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’ । तीनै फिल्म फरक(फरक सब्जेक्ट मा निर्माण भएको छ ।

कमेडीप्रधान फिल्म ‘सुश्री सम्पत्ति’ लाई सुव्रत आचार्यले निर्देशन गरेका छन् । यसअघि उनले ु अर्धकट्टीु फिल्म निर्देशन गरेका थिए । फिल्ममा सुश्री र सम्पत्तिको पछाडि दौडिँदा दुई युवाको जीवनमा आउने उचारचढावको कथा पेश गरिएको छ । बुधबार राजधानीमा गरिएको स्पेशल शोमा सेलिब्रेटीहरुले फिल्म रुचाएका थिए ।

हुकुम बक्सियोस्ु बोलको गीतका कारण चर्चामा रहेको यस फिल्ममा सलोन बस्नेत, विनोद न्यौपाने, राजाराम पौडेल, प्रमोद अग्रहरी, विशादर बस्नेत, सारा सिर्पाली, सुनिता श्रेष्ठ ठकुरीको अभिनय छ । अभिनेत्री प्रियंका कार्कीले एक आइटम गीतमा ठुम्का लगाएकी छन् । फिल्ममा अधिकांश पोखराका दृश्य कैद छन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू ुनिरवीु र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

यस्तै ‘कथा ७२’ को कथा छोरा र आमाबीच मनोवैज्ञानिक मनमुटावमा आधारित छ । प्रवीण स्याङ्बोको निर्देशनमा बनेको यो फिल्म २०७२ को भुइँचालोले हल्लाइदिएको जिन्दगीमा निर्माण भएको छ । फिल्ममा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, पल्मो सन्जु तामांङ, केदार श्रेष्ठ, शारदा अधिकारीको अभिनय रहेको छ ।

दुई फिल्मसँग एकसाथ भिडन्त आरम्भ गरेको ‘डोली’ मा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ,सानीया खान, संगीता नापीत,नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतललगायतका कलाकारले अभिनय गरेका छन् । राजबहादुर सानेले फिल्म निर्देशन गरेका हुन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...