कवि देवेन्द्र खेरेसको दोस्रो कृति संग्रह ‘कोलम्बस यात्रा’ लोकार्पण

wwwjerungfilmswwwjerungfilms 13 Dec 2018

जेरुङ फिल्मस संवाददाता,२६,मंसिर–काठमाण्डौं । कवि देवेन्द्र खेरेसको दोस्रो कविता संग्रह ‘कोलम्बस यात्रा’ बुधबार लोकार्पण गरिएको छ । राजधानीको हार्दिक होटलमा आयोजित एक कार्यक्रमका बीच सो संग्रह साहित्यकार तथा कवि बैराँगी काइँलाले लोकार्पण गर्नु भएको थियो । शुभकामना मन्तब्य दिदै,दश बर्षको अन्तरालमा दोस्रो कृति ल्याउन सफल भएकोमा काँइलाले कवि देवेन्द्र खेरेसलाई धन्यबाद तथा बधाई ज्ञापन गरेका थिए ।

खेरेसको कृतिमा कवितामा हुनु पर्ने सबै गुण भेटिएको र सबै भाषिक चोटिलो प्रहार पाइएको काँइलाले बताउनु भयो । नेपाली वाङमय परिषद र नेपाली प्रतिभा प्रतिष्ठान वेलायतले आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका लब्ध प्रतिस्थित व्यक्तित्व एवम् साहित्य अनुराँगीहरुको बाग्लो उपस्थिति रहेको थियो । कृतिलाई कवि सरवण मुकारुङ र जसराज किराँतीले समीक्षा गरेका थिए ।

कोलम्बस यात्रा कृतिमा कवि देवेन्द्र खेरेसले कवितामा हुनु पर्ने सबै गुण समेतिएको र आफ्नो यात्राको अनुभवहरु समेत यस कृतिमा मिसाएको कवि सरवण मुकारुङले बताउनु भयो । कार्यक्रममा बोल्दै वेलायतमा लेखिएको साहित्य र नेपालमा लेखिएको साहित्यबीच तुलाना गर्नु पर्ने समेत उहाँले बताउनु भयो । कविता लेख्नु भनेको पुरानो कुरालाई हटाएर नयाँ कुराको सृजना गर्नु हो उहाँले भन्नु भयो ।

दश बर्षको अन्तराल पछि फेरि नयाँ कृति ल्याउन सफल भएकोमा कार्यक्रमका विशेष अतिथि तथा कवि जसराज किराँतीले भारी शुभकामना दिएका दिए । कविता लेख्नु भनेको अनन्त कुराहरुको खोजी गर्नु हो भन्दै उक्तोरोत्तर प्रगतीको कामना सहित शुभकाना समेत दिएका दिए । कवि देवेन्द्र खेरेसले आफ्नो साहित्यक सृजनालाई अझै तिखार्नका लागी निरन्तर लागी पर्ने बताउनु भयो । आफ्नो जुन यात्रालाई सफल बनाउनका लागी महत्वपूर्ण सहयोग गरेकोमा बिशेष गरि शक्क्र राई र चन्द्र चाम्लिङ राईलाई धन्यबाद दिनु भयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...