आदिवासी जनजाति महासंघद्वारा सांस्कृतिक चाडपर्वको विदा कटौती विरुद्ध आन्दोलन चर्काउने चेतावनी

wwwjerungfilmswwwjerungfilms 11 Dec 2018

 

जेरुङ फिल्स संवाददाता,२५–काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले आफूहरुको सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने सरकारको निर्णय विरुद्ध कडा आवाज उठाएका छन् । मंगलबार राजधानीको रिपोर्टरस कलवमा पत्रकार सम्मेलन गर्दै तत्काल सो निर्णय खारेज गर्न सरकारसँग माग

गरेका छन् । यदि सरकारले आफूहरुको यो मागलाई सुनुवाई नगरेमा एक साता लामो आन्दोलन चर्काउने चेतावनी दिएका छन् । परापूर्वकालदेखि चलिआएको आफ्नो मौलिक, साँस्कृतिक, पर्वलाई सरकारले बेवास्ता गर्दै कटौती गरेको बिरुद्ध महाँसघले खेद प्रकट गरेका छन् । महासंघले संविधान संशोधनमार्फत आफ्ना मागहरु सम्बोधन गर्न मागसमेत गरेको छ । परिवर्तनपश्चात पनि आदिवासी जनजाति समुदायले अन्याय, असमानता, दमन र विभेद भोगिरहेको अवस्थामा महासंघले गुनासो गरेको छ ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष जगतबहादुर बरामले नेपालका शासकहरुले आदिवासीमाथि दमन गर्दै अत्यचार गरेको आरोप लगाउनु भएको छ । उनले सार्वजनिक विदा कटौती गर्ने गृहमन्त्री रामबहादुर थापालाई लक्षित गर्दै , ‘नेपाल समृद्ध र नेपाली जनतालाई सुखी बनाउने भनेर नारा दिने तर हामी आदिवासी जनजातिहरुको हकअधिकार माथी कुण्ठित गर्ने ? भनेर प्रश्न गर्नु भयो ।

आदिवासी जनजातिहरु मुलुकप्रति बफादार रहेको बताउँदै बरामले सरकारले आफूहरुका माग नसुने क्रान्ति गर्ने चेतावनी समेत दिए। अध्यक्ष बरामले भने, ‘अहिलेसम्म भएका परिवर्तनका आन्दोलन र क्रान्तिहरुमा हाम्रो ठूलो भूमिका थियो र छ । तर, हाम्रो रगत र ज्यानको मुल्यांकन भएन । बरु हामीमाथि उल्टै अपमानको खेल भइरहेको छ भन्नु भयो ।

सरकारले आफूहरुले पाउँदै आएको सार्वजनिक विदालाई तत्काल फिर्ता नगरे जस्तोसुकै मूल्य चुकाउन पनि आफूहरु तयार रहेको बताउनु भयो । उनले आफूहरुको पहिचानको रुपमा रहेको सांस्कृतिक चाडपर्वको विदा कटौती खारेज गर्न माग गर्दै दवाव मुलक आन्दोलन सुरु गर्नुपरेको बताए । महासंघले सो विदा कटौती गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

मंसिर २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने, पुस १ गते विदेशस्थित सबै नेपाली दूतावासमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यतालिका समेत महासंघले तयार पारी सकेको छ । महासंघले पुस १ गते नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि आफ्नो माग सम्बोधनका लागि ध्यानाकर्षणपत्र बुझाउने जनाएको छ ।

पुस २ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पुस ३ गते प्रधानमन्त्री केपी ओलीलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको महासंघका अध्यक्ष बरामले बताए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...