बाल गायक मनिष लिम्बु र बिनिता राई असन बजारमा बेपत्ता, खोजतलास पछि यो अवस्थामा भेटिए( भिडियो सहित )

wwwjerungfilmswwwjerungfilms 9 Dec 2018

राजकुमार राई, २३ मंसिर–काठमाण्डौं । असनको बजारमा निकै मानिसहरुको ठुलो भीडभाड थियो । सानो डल्ले भाई हराएको खबर आयो । प्रहरीको कर्लेक्समा हराएको त्यो डल्ले भाई वाल गायक मनिष लिम्बु हो भन्ने खबर आयो । मानिसहरु तितरबितर गर्दै थिए । अलि परबाट एउटा गहुगोरी युवती आईन् र असनैको बजारमा सिठ्ठी मार्यो कल्ले, मान्छे हेर्दा डल्ले डल्ले…भन्ने बित्तिकै एउटा सानो बालक असैको बजारैमा सिठ्ठी मार्र्यो, मैले भन्दै अगाडी टुप्लुक्क आईपुग्यो ।

त्यो जोडी हुन् वाल गायक मनिष लिम्बु र चर्चित गायीका बिनिता राई । यो भनाई वाल गायक मनिष लिम्बु र गायीका विनिता राईको नयाँ गीत सँग सम्बन्धित एउटा काल्पनिक प्रसंग मात्र हो । रजिन बाबुको शब्द र कुसल संगीतकर्मी सुहाङ लिम्बुबो संगीत रहेको गीत भर्खरै मात्र वाल गायक मनिष लिम्बु र गायीका विनिता राईको आवाजमा रेकर्ड गरिएका छन् । लिम्बु र राईको संयुक्त स्वर लहरी रहेको गीत सातदोबाटो स्थित जे.एम.सी. स्टुडियोमा बिहिबार रेकर्ड गरिएको हो ।

हाल कोरियामा रहेका शब्द रचनाकार रजिन बाबुको ईच्छा बमोजिम पछिल्लो समय मिडियामा निकै चर्चा कमाउन सफल वाल गायक मनिषलाई नै गीत गाउने अवसर दिईएको गायीका बिनिता राईले बताईन् । सफल बाल गायकसँग संयुक्त गीत गाउन पाउदा निकै खुशी लागेको गायीका राईले बताईन् । मान्छे सानै उमेरको भए पनि स्वरमा निख्खारता र बोलीमा समेत व्वहारिक्ता छ , आज उनै भाईसँग सँगै गीत गाउन अवसर मिलेकोमा साह्रै खुशी छु ।

यसका लागी हाल कोरियामा रहनु भएका रजिन बाबु श्यामलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु । संगीत पनि एकदमै राम्रो र रोचक छ । हामीलाई सुहाउदो सुहाङ लिम्बु भाईले संगीत गरिदिनु भएको छ । त्यसका लागी उहाँलाई पनि धेरै धेरै धन्यबाद । यो गीत चाँडै नै बजारमा आउदै छ , यो गीतले राम्रो बजार पाउनेमा विश्वस्त छु, गायीका राईले भन्नु भयो ।

सुहाङ दाई नभेटाएको भए म गाँउमा नै हुन्थे होला, यसरी गीत गाउदै राजधानी घुम्ने मेरो रहर सपनामै सीमित हुन्थ्यो होला, मनिष लिम्बुले भन्नु भयो । जुन आज वाल गायक मनिष लिम्बु बनेर संसारमा मलाई चिनाउने सुहाङ दाईको ठूलो हात रहेको । दाईको गुण म कहिले पनि बिर्सिन सक्दिन भन्नु भयो । अरु कलाकारहरु हुँदाहुदै पनि आफूलाई यो गीत गाउने सुनौलो आवसर दिएकोमा बिनिता राई पनि धेरै धन्यबाद दिन चाहेको बताउनु मनिषले बताउनु भयो ।

चर्चित गायीका बिनिता राईसँग पहिलो चोटी काम गर्ने अवसर पाएकोमा निकै खुशी लागेको संगीतकर्मी सुहाङ लिम्बुले बताउनु भयो । यो गीतको शब्द आफूलाई पनि राम्रो लागेको र मन परेकोले मिहेनतका साथ संगीत भरेको उहाँले बताए । त्यसका लागी शब्द तथा रचनाकार रजिन सरलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु लिम्बुले भन्नु भयो ।

आफूले कुनै एउटा गाँउमा मनिषलाई पहिलो चोटी भेटेको र उनको प्रतिभा देखेर केही अवसर दिए केही गर्छ भन्ने हेतुले राजधानी ल्याएको उहाँले बताउनु भयो । हाल मनिषको प्रगति दिनदिनै राम्रो भई रहेको पनि उहाँले बताउनु भयो । आफूले हुर्काउदै गरेको आफ्नो विरुवालाई यसरी सबैले माया गर्दै गीत गाउने अवसर दिनु हुने सबै महानुभावहरुलाई हृदयदेखि नै धन्यबाद दिन चाहान्छु भन्नु भयो ।

सहयोग पनि रामै जुटीरहेको छ , यसरी आगामी दिनमा पनि निरन्तर सहयोगी हातहरु निस्कदै गएमा भविष्यमा मनिषको एउटा राम्रो घर बनाई दिने चाहाना रहेको सुहाङले बताउनु भयो । बाँकी प्रशंग भिडियोमा समेटिएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...