फिल्म ‘गरुड गीतको कभर भिडियो निर्माण गर्नेले ५० हजार नगद पुरस्कार पाउने

wwwjerungfilmswwwjerungfilms 7 Dec 2018

 

जेरुङ फिल्मस संवाददाता,२१,मसिंर– काठमाडौं । फिल्म ‘गरुड पुराण’ ले आफ्नो गीत ‘म त पिरिममा’ गाउने दर्शकका लागि उपहार योजनासमेत ल्याएको छ । सो योजना बमोजिम गीतको कभर भिडियो निर्माण गर्नेले ५० हजार नगद जित्न सक्ने योजना निर्माण युनिटले अहिले सार्वजनिक गरेको छ । केही पहिले सार्वजनिक यो गीतको बढ्दो लोकप्रियतालाई ख्याल गर्दै यो उपहार योजना ल्याइएको आयोजकले जनाएको छ ।

गीतमा कभर भिडियो निर्माण गर्ने मध्यबाट उत्कृष्ट एकले नगद रु ५० हजारका साथै एउटा म्युजिक भिडियो र फोटोसेसनको अवसर पनि राखिएको निर्देशक सुवास कोइरालाले बताए । गीतको लोकप्रियतालाई देखेर कभर भिडियो घोषणा गरेका छौ, उनले भने ‘गीतको बारेमा प्राप्त फिडब्याकमा अधिकाँश सकारात्मक छन् ।

दिनेश राउतको शब्द रहेको गीतमा कोसिस क्षेत्रीको संगीत छ । कोसिस र मनिषा पोखरेलले स्वर दिएको गीतमा रेनाशा वान्तावा राईले कोरियोग्राफी गरेको छ । निश्चल बस्नेत, कर्मा, प्रियंकासिंह ठकुरी र अन्जली योन्जनको नृत्य गीतमा छ ।

भिडियोहरु मदानी क्रिएसनको युट्युब च्यानल मार्फत अपलोड गरिनेछ । यसलाई भ्युजको आधारमा उत्कृष्टता घोषणा गरिनेछ । माघ ४ मा रिलिज हुने फिल्ममा नजिर हुसेन, कामेश्वर चौरसिया, प्रविन खतिवडा, प्रकाश घिमिरे ,रश्मी भट्ट लगायतको अभिनय रहेको छ ।

आकाश बराल, विनोद खतिवडा र सुवास आफैले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । यो गीतले रामै्र बजार पनि तताउने आयोजकको भनाई रहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...