प्रदेश नं १ मा ५४ जनाको हत्या

wwwjerungfilmswwwjerungfilms 6 Dec 2018

 

विराटनगर, २० मङ्सिर । सन् २०१८ को एघार महीनामा प्रदेश नं। १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ ।

हत्या हुनेहरूमा २०महिला, दुई बालिका, एक बालक, पाँच नवजात शिशु र २६पुरुष रहेका छन् । तीन पुरुषको भने गोली प्रहारबाट हत्या भएको थियो । सो अवधिमा प्रदेशभर राज्यपक्षबाट ४९ सहित ७५० पीडित भएकामा सबैभन्दा बढी बलात्कारबाट २२० र बलात्कार प्रयासबाट ९९ पीडित भएका थिए ।

यसैगरी घरेलु हिंसामा १४१, कुटपिट घाइते ६६, बहुविवाहबाट ४२, बालविवाहबाट तीन, मानव बेचविखनबाट १२, अपहरणबाट १०, जातीय विभेदबाट चारजना पीडित भएका थिए । गाली बेइज्जतीबाट सात, हत्या प्रयासबाट नौ, गिरफ्तारीबाट ३७, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारबाट छ, अप्राकृतिक मैथुनबाट दुई जना पीडित भएका थिए ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार जनताका आधारभूत अधिकार सुरक्षित गर्न लागिपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य यशोधा अधिकारीले हत्या, हिंसा, बलात्कार, घरेलु हिंसाजस्ता घटना न्यूनीकरण गर्न आवश्यक पर्ने कानून बनाएर कार्यान्वयन पक्ष बलियो बनाउन आवश्यक भएको बताउनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...