सुमधुर भाकामा गीत रेकर्ड गर्दै, खोटाङ जिल्ला साईनो कला केन्द्रका कलाकार टोलीहरु

wwwjerungfilmswwwjerungfilms 2 Dec 2018

जेरुङ फिल्मस संवाददाता,१६,मंसीर–काठमाण्डौं । खोटाङ जिल्लामा रहेका साईनो कलाकेन्द्रबाट गीत रेकर्ड गर्न कलाकारहरुको टोली राजधानी आई पुगेका छन् । साईनो कलाकेन्द्रका अध्यक्ष  प्रमोद श्रेष्ठको नेतृत्वमा राजधानी आईपुगेका यी टोलीहरुले बिहिबारबाट भर्जिन स्टुडियोमा गीत रेकर्ड गर्न थालेका छन् ।

मेरो र उनको,उनको र हाम्रो सबैको चौतारी, एउटै हो लक्ष साईनो   जोड्ने बनाउने फूलबारी बोलको गीत साईनो कलाकेन्द्रको ब्यानर गीत हुन् । जुन गीतलाई सहित्य सर्जक तथा साईनो कलाकेन्द्रका अध्यक्ष  प्रमोद  श्रेष्ठले   रचना गरेका हुन् । भक्त बिश्वकर्माले संगीत बद्ध गर्नु भएको गीतलाई कुमार सिन्जाली मगरले एरेञ्ज गरेका हुन् ।

यस गीतमा कलाकारहरु कुसुम आर्चाय ,प्रवृति राई, अमिता राई, सुस्मिता राई, केदार अनुराँगी, पर्शुराम गजमेर, तेज राई, युवराज राई, आदीले संयुक्त स्वर लहरी बढेका छन् । ज्वाटट्टै सुन्दा यो गीत राष्ट्र भावनाले ओतप्रोत स्वदेश गान जस्तो सुनिन्छ । यो गीतमा एक आपसी माया प्रेम सत्भाव तथा भविष्य निमार्ण एवम् प्रकृति प्रेम झल्केको भाव ब्यक्त भएको पाईन्छ ।

निकै मेहिनतका साथ यो गीतको रचना गरिएको र यसलाई आफ्नै साईनो कला केन्द्रका प्रतिभाशाली कलाकारहरुले संयुक्त रुपमा आवाज भर्ने अवसर दिईएको साईनो कलाकेन्द्रका अध्यक्ष तथा सर्जक श्रेष्ठले   बताउनु भयो । आफ्नो भाई बहिनीहरुको खुबी र चमत्कारी प्रतिभा देखेर आफूलाई निकै गौरब महशुष भएको श्रेष्ठले  जेरुङ फिल्मस डटकमलाई बताए ।

यो गीतबाट हामीले राम्रो आशा लिएकाछौं, अब निकट भविष्यमा संगै हातेमालो गर्दै हामी अगाडी बढ्नेछौं, श्रेष्ठले  भन्नु भयो । साईनो कला केन्द्रका कोषाध्यक्ष तथा गायीका कुुुसुम आचार्यले पहिलो चोटी सामुहिक रुपमा गीत रेकर्ड गर्न पाउदा अत्यन्तै खुशी महशुष भएको बताईन् । सानैदेखि गीत गाउने जुन आफ्नो चाहालाई साईनो कला केन्द्रले पुरा गरिदिएको उहाँकी भनाई थियो ।

आफू खोटाङ जिल्लामा जन्मेकी र आफ्नै गाउँको साईनो कला केन्द्रको जुन ब्यानर गीत गाउन पाउदा साह्रै खुशी लागेको चर्चित गायीका सुस्मिता राईले बताईन् । उनी दृश्टिबिहिन भएपनी अत्यन्तै स्वरकी धनी हुन् । प्रमोद श्रेष्ठको नेतुत्वमा राजधानी छिरेर आफ्नै गुरु भक्त विश्वकर्माको संगीतमा गीत गाउन पाउदा अत्यन्तै खुशी लागेको गायीका अमिता राईले बताउनु भयो ।

साईनो कला केन्द्रका अध्यक्ष प्रमोद दार्ईको पहल र हौसलाले नै आज यो क्षेत्रमा प्रवेश गर्न पाएको छु राईले भन्नु भयो । सुमधुर आवाजकी धनी नवदित गायीका प्रवृति राईले भन्नु भयो, यो गीतको कम्पोज साह्रै रामो लागेकोले यसबाट राम्रै  सफल्ता पाउने आशामा छु । साईनो कला केन्द्रको माध्यमबाट पहिलो चोटी राजधानी छिर्ने मौका पाएको र गायीका बन्ने जुन आफ्नो सपना पनि पुरा भएको राईले बताईन् ।

खोटाङ जिल्ला जस्तो विकट ठाउँमा जन्मेर पनि राजधानी छिरेर गीत रेकर्ड गर्ने अवसर जुन साईनो कला केन्द्रले दिएकोमा साह्रै खुशी महशुष भएको पर्शराम गजमेरले बताउनु भयो । यसको सम्पूर्ण  श्रेयकर्ता प्रमोद दाई हुनुहुन्छ, गजमेरले भन्नु भयो । जुन पहिलेदेखिको कलाकार बन्ने आफ्नो सपनालाई आज साकार भएको छ, उहाँले भन्नु भयो ।

गीत संगीत सबैको मनको भारी बिसाउने एउटा चौतारी भएकोले यस क्षेत्रमा आउन मन लागेको नव गायक युव राजले बताउनु भयो । सबैको मन छुने गीत अहिले फाईलन भने भईसकेको छैन । रेकर्डसँगै लाईभ बाजा हाल्ने काम भईरहेको छ । यसको कभर भिडियोको लगी लिफ्सिङ भने सोमबार छायाँङ्कन गर्न लागेको अध्यक्ष श्रेष्ठले  जानकारी गराउनु भयो । यो समग्रह गीतलाई कन्काईष्ट राईले प्रायोजन गर्नु भएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...