नेकपाको प्रदेश सदस्यमा रोल्पाबाट २० जना

wwwjerungfilmswwwjerungfilms 2 Dec 2018

जेरुङ फिल्मस संवाददाता,१६,मंसीर–रोल्पा । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रदेश कमिटीमा रोल्पाबाट २० जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेहरुमा पूर्वमाओवादी केन्द्रबाट १४ र पूर्व एमालेबाट ६ जना रहेका छन् ।

पूर्वमाओवादी केन्द्रबाट चयन भएकाहरुमा राजबहादुर बुढामगर, सीता आचार्य, सुरेन्द्र थापा घर्ती, निमकान्त डाँगी, आशबहादुर पुन, गुणेन्द्र घर्तीमगर, वीरबहादुर खत्री, दिनेश रोका, कर्मलाल परियार, हरिसरा घर्तीमगर, भक्तबहादुर घर्ती, गोविन्द पुन, हरिभान पुन र तुल्सी डाँगी रहेका छन् ।
त्यसैगरी पूर्व एमालेबाट चयन भएकाहरुमा रुद्रमणि सुवेदी, कुमार दसौदी, रीमा नेपाली, हरि घर्तीमगर, शान्तकुमार वली र राजकुमार कक्षपति रहेका छन् । स्थानीय तहमा ६०÷४० को अनुपातमा नेतृत्व बाँडफाँड गरेको बताइएको छ । जसअनुसार १० स्थानीय तहमध्ये छ मा पूर्वमाओवादी केन्द्र र चार स्थानीय तहमा पूर्वएमालेबाट नेतृत्व हुने भएको छ ।

जिल्लाका रुन्टीगढी, त्रिवेणी, गङ्गादेव र लुङ्ग्री गाउँपालिका पूर्वएमालेले नेतृत्व गर्ने भएका छन् भने रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र सुनिल स्मृती गाउँपालिकामा पूर्वमाओवादीले नेतृत्व गर्ने भएका छन् ।

प्रदेश सदस्य तथा स्थानीय तहको समेत अन्तिम टुङ्गो लागिसकेको हँुदा अब पार्टी एकताले मूर्तरुप लिने पूर्वएमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले प्रतिक्रिया दिनुभयो । एकीकरणको तलैसम्मको काम व्यवस्थित गरी पार्टी सञ्चालन हुन्छ घर्तीले भन्नुभयो ।

दश स्थानीय तह रहेको रोल्पामा अघिल्लो वर्ष भएको निर्वाचनमा पूर्वमाओवादी केन्द्रले सात, पूर्वएमाले दुई र नेपाली काङ्ग्रेस एक स्थानीय तह जितेका थिए । प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई स्थानमा भने दुई वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा पूर्व माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...