डिपास इन्टरनेशलले मिस र मिस्टर शेर्पा प्रतियोगिता आयोजना गर्ने

wwwjerungfilmswwwjerungfilms 30 Nov 2018

जेरुङ फिल्मस संवाददाता,१४,मंसीर–काठमाण्डौं । डिपास इन्टरनेशलले मिस र मिस्टर शेर्पा प्रतियोगिता आयोजना गर्ने भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आफनो व्यानर सार्बजनिक गर्दै मिस र मिस्टर शेर्पा प्रतियोगीता गर्ने घोषणा डिपासले गरेको हो । गत वर्षदेखि यो कार्यक्रम गर्दै आएकोमा मिस्टर शेर्पा प्रतियोता भने नेपालकै पहिलो प्रतियोता रहेको डिपासकी कार्यकारी प्रमुख छेल्यहामु शेर्पाले बताइन् ।

शेर्पा समुदायभित्र खुम्चेर रहेका प्रतिभालाई बाहिर प्रकाशमा ल्याउनका लागी यो कार्यक्रमको आयोजना गर्न लागीएको उहाँले बताउनु भयो । जसका लागी आवेदन फारम समेत खुल्ला गरि सकेको उहाँले जानकारी गराइन् । कार्यक्रममा गत बर्ष मिस शेर्पाको उपाधी जित्न सफल तथा सहभागी प्रतियोहरु सबैलाई डिपासले मायाको चिनो, प्रमाणपत्र सहित सम्मानका साथ बिधाई समेत गरिएका थिए ।

मिस शेर्पाको नयाँ संस्करण र मिस्टर शेर्पाको पहिलो प्रतियोगिताका लागि डिसेम्बर पहिलो साताबाट सुरु भएर फाइनल पुस १५ गते काठमाडौंमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अडिसन भने डिसेम्बर पहिलो साताबाट सुरु हुने भएको छ ।

शेर्पा समुदाय भित्रका युवा युवतीले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् । उक्त प्रतियोगितामा सहभागीता जनाउनका लागी एसइईमाथि अध्ययन गरेका १६ वर्ष भन्दा माथीका नेपाली नागरिक र अविवाहित युवा युवाती हुनु पर्ने डिपास इन्टरनेसनलकी अध्यक्ष पासाङ छेल्हमुले जानकारी दिनुभयो । प्रतियोगिताबाट मिस र मिस्टर बन्नेले नगद र मेडल लगायतका पुरस्कार पाउनेछन् ।

तर पुरस्कारको राशी भने उल्लेख गरिएको छैन । विगत ७ वर्ष पहिले सुरु भएको मिस शेर्पा प्राविधिक कारणले रोकिएकाले डिपासले गत वर्षदेखि पुनह सुरु गरेको हो । प्रमुख अतिथि तथा प्रतिनिधि सभाका संसाद जिप छिरिङ शेर्पाले मन्तब्य राख्दै शेर्पाहरुको कला सँस्कृति संरक्षण तथा प्रवर्धनका लागी यस्ता स्वगत योग्य कार्य गर्दै आएकोमा आयोजकलाई धन्यबाद तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै ङिममममावमीमपावपामी शेर्पाले हरेक कार्यक्रममा आफ्नो मातृ भाषाको प्रयोग गर्नुपर्ने धारणा राख्नु भयो । साथै हरेक कार्यक्रममा जादा पहिलाहरुले आफ्नो पोषाकको प्रयोग गरेको र शेर्पा पुरुषहरुले भने त्यसलाई वेवास्ता गरिएको आरोप लगाउनु भयो । अन्य कार्यक्रममा जादा समेत गुन्यू चोलीलाई फालेर आफ्नै पोषाकको प्रयोग गर्नु पर्ने बताउनु भयो ।

उहाँको यो भनाईलाई आधार मान्ने हो भने, अरु समुदाय धर्म संस्कृति र पहिरणको उपबहास गरिएको जस्तो देखिन्छ । शेर्पा जातीहरु पेशाले पर्यटन व्यावसाय भए पनि परिवर्तशील समयको माग अनुसार चल्नु पर्ने नेता आङकाजी शेर्पाले बताउनु भयो । आफ्नो मौलिक कला संस्कृति बचाउ तथा अभियानका लागी शेर्पाहरु एक भएर लाग्नु पर्ने उहाँको भनाई थियो । भाषा नजान्नेलाई प्रशिक्षण दिनु पर्ने र त्यसमा आफुले पनि सक्ने सहयोग गर्ने बताउन भयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...