लुक्लामा सुतेकै ठाउँमा दिदीबहिनी मृत फेला, घटना रहस्यमय

wwwjerungfilmswwwjerungfilms 28 Nov 2018

सांकेतिक तस्वीर 

जेरुङ फिल्मस संवाददाता, १२ मंसिर–सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका २ लुक्लाबजारको एभरेष्ट माउण्टेन होममा घरेलु काम गर्दै आएकी महाकुलुङ गाउँपालिका ३ छेस्कामकी दुई वालीका मृत अवस्थामा मंगलबार भेटिएका छन् । १६ वर्षिया संगना राई र उनकी ९ वर्षिया बहिनी खुशी राईलाई सुतेकै ठाउँमै मृत भेटिएको हो ।

संगनाले ५ वर्षदेखि होटलमा घरेलु काम गर्दै आएका थिए, भने खुशीले लुक्ला आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययन गर्दै गरेको जानारीमा आएको छ । सोमबार राती खाना खाएर सँगै सुतेका राई दिदीबहिनी एक्कासी विहान अबेरसम्म नउठेपछि ढोका खोल्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटनास्थलमा प्रहरी नायब उपरीक्षकको टोली पुगी थप अनुसन्धान गरेको खबर जानकारीमा आएको छ । मृतक दिदीबहिनीको लाशलाई पोष्टमार्टनका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको प्रहरीले बताएको छ । घटना हुनुको कारण प्रहरीले अनुसन्धान गरिरहेको पनि बताइएको छ । मृतक दिदीबहिनी यस्तो अवस्थामा थिए  ।

सोमबार राती खाना खाईसकेपछि होटलको सबैकाम सकेर दिदीबहिनी सँगै सुत्न गएका थिए । उनीहरु सुत्ने कोठा होटलको सबैभन्दा तल ९छिँडी०को कोठामा छ । आइतबारदेखि लुक्लाबजार क्षेत्रमा विद्युत पनि थिएन । उनीहरु सुत्ने कोठासँगै जोडिएको अर्को कोठामा जेनेरेटर चलाइएको थियो ।

सकुशल सुत्न गएका दिदीबहिनी विहान अबेरसम्म नउठेपछि घरबेटी उनीहरुलाई उठाउन कोठामा गएका थिए । उनले ढोका ढकढकाए तर भित्रबाट चुक्कुल लगाइएको थियो । अलि जोडले धकेल्दा ढोका खुल्यो । तर, दिदीबहिनी मृत अवस्थामा देखेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।
दिदी संगना घोप्टो परेको अवस्थामा थिइन, भने बहिनी खुशी कोल्टे फर्किएको अवस्थामा थिए । उनीहरुको मुखमा अलिअलि फिँज पनि थियो । उनीहरुसँगै एउटा कुकुर पनि थियो । कुकुर पनि सामान्य अवस्थाभन्दा फरक भेटिएको थियो । कुकुर हिड्न खोज्दा पनि लरबराएर हिड्थ्यो ।

स्थानीयका अनुसार दिदीबहिनीको मृत्युमा सुत्नेकोठसँगै जेनेरेटर चलाइएकाले अक्सिजनको कमी भएको वा फुडप्वाइजन भएर मृत्यु भएको आशंका गरिएको छ । स्थानीयले जे आशंका गरेपनि लाशको पोष्टमार्टनपछि मृत्युको कारण खुल्न सक्छ ।

खुम्बुमा कामदारलाई राम्रो व्यवहार गरिदैन भन्ने समय समयमा विभिन्न समाचार सार्वजनिक भएपनि त्यसतर्फ सम्बन्धित पक्षको ध्यान नजादा यस्ता घटना दोहोरिई रहेका छन् । झनै अहिले त स्थानीय सरकार गाउँमै भएकाले खुम्बु क्षेत्रमा पर्यटक भरिया र घरेलु कामदारको अवस्थाको बारेमा थप कार्य गर्ने हो की रु जसले यस्तो घटना कहिल्यै नदोहोरियोस

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...