पूर्व जनमुक्ति सेना नेपालको १७ औ दिवस मनाईयो

wwwjerungfilmswwwjerungfilms 25 Nov 2018


जेरुङ फिल्मस संवाददाता, ९,मंसीर–काठमाण्डौँ । पूर्व जनमुक्ति सेना नेपालले शनिबार १७ औ वार्षिक उत्सव मनाएका छन् । राजधानीको माईतीघर मण्डला स्थित पूर्व जनमुक्ति सेना नेपालको स्मृतिमा बत्ति बालेर शोक मनाएका थिए । कार्यक्रमलाई पूर्व जनमुक्ति सेना नेपालका संयोजक प्रविण तामाङले उदघाटन गरेका थिए ।

देश र जनताको उन्मुक्तिका लागी लड्दालड्दै सहिद,घाईते, तथा अपाङ्ग भएका सबै परिवारहरुका लागी सरकारले निशूल्क सेवा सुविधा र रोजगारी सृजना गर्नै पर्ने धारणा पनि उहाँले राख्नु भयो । आफूहरुको १२ शुत्रीय मागहरु पूरा नभए शसक्त आन्दोलनमा उत्रिने चेतावनी समेत उहाँ दिनु भयो । नारामा समेटिएका कुराहरु यस्ता छन् ।

– घाईतेलाई आजीवन उपचार गर्नु पर्ने ।
– हरेक जनमुक्ति सेना परिवारले राष्ट्रिय प्रमाणपत्र पाउनु पर्ने ।
– प्रत्येक सहिद परिवारले रोजगारी पाउनु पर्ने ।
– योग्यता र सीप मूल्याङ्क गरि रोजागारीको व्यावस्था गर्नु पर्ने ।
– सबै जनसेनाहरुलाई मासिक रुपमा जीवन बृद्धि भत्ताको ग्यारेन्टी गर्नु पर्ने ।
– लोकतान्त्रीक गणतन्त्रमा अगंभङ्ग तथा बेपत्ता भएका, सबैको पहिचान गरि उचित व्यावस्था गर्नु पर्ने ।

जस्ता मागहरु उनीहरुले अघी सारेका छन् । यी मागहरु पूरा नभए फेरि विद्रोह समेत हुन सक्ने उनीहरुको चेतावनी थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...