कर्णालीमा कानून र योजना आयोग गठनादेश स्वीकृत

wwwjerungfilmswwwjerungfilms 20 Nov 2018

जेरुङ फिल्मस संवाददाता,४ मङ्सिर, सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश कानून तथा कर्णाली प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश, २०७५’ स्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको गठनादेश स्वीकृत गर्ने निर्णय गरेको हो । सात सदस्यीय कर्णाली प्रदेश कानून आयोग गठन हुने सरकार प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिनुभयो ।

कानून आयोगमा एक अध्यक्ष, सरकारले नियुक्त गर्ने दुई सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, मुख्य न्यायाधिवक्ता पदेन सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून महाशाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

यस्तै प्रदेश सरकारले ६ सदस्यीय कर्णाली योजना आयोग गठन गर्ने केसीले बताउनुभयो । मुख्यमन्त्री महेन्द्रबहादुर शाही योजना आयोगको अध्यक्ष रहनुहुनेछ । प्रदेश सरकारले नियुक्त गर्ने एक उपाध्यक्ष, दुई सदस्य, प्रदेश सरकारको प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

सात सदस्यीय अस्पताल व्यवस्थापन समिति रहने व्यवस्थासहित ‘अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७५’ पनि स्वीकृत गर्ने निर्णय गरिएको केसीले बताउनुभयो । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि ‘कर्णाली–रारा पर्यटन वर्ष, २०७५’ अन्तर्गत डोल्पाको शेफोक्शुण्डो तालमा मङ्सिर ११ र १२ गते आयोजना गरिने महोत्सवलगायत कार्यक्रमका लागि उपराष्ट्रपति नन्दबहादुर पुनलाई आमन्त्रण गर्ने निर्णयसमेत गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...