कलेज जान्छु भनेर हिडेकी युवती मृत अवस्थामा फेला, घटना, रहस्यमय हुन सकने दावी

wwwjerungfilmswwwjerungfilms 19 Nov 2018

 

जेरुङ फिल्मस संवाददाता,३,मंसीर–काठमाण्डौं । काभ्रेमा कलेज जान्छु भनेर घरबाट निस्केकी एक युवती मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको पनौती नगरपालिका वडा न.५ बस्ने २१ बर्षीय सुधा केसी घर नजिकै झुन्डिएको अवस्थामा फेला परेकी हुन् । उनी काभ्रे क्याम्पस बिए दोस्रो बर्षमा अध्यानरत थिइन् ।

                                                                                      कसरी भयो घटना ?

 

मृतक सुधा केसी र उनकी आमा र सानिमा संगै सुतेकी थिइन् । आमा र सानिमा एउटा पलंगमा र सुधा अर्को पलंगमा एकै कोठमा सुतेका थिए । बिहान ५ बजे सुधा कलेज जना भनेर उठिन । आज एकादशीको दिन किन कलेज जानु भनेर आमा र सानिमाले कलेज नगई जाडोमा अझै एकछिन् सुत्न आग्रह गरे । उनले त्यो मानिनन । बाहिर निस्की ।

मुख धुन , दात माझन वा कलेज नै गएको होला भन्ने सोचेर आमा र सानिमाले पनि चासो दिएनन् । अलि उज्यालो भएपछि एक जना केटि झुण्डिएको खबर फैलियो । गएर हेर्दा कलेज जान भनेर हिडेकी सुधा मृत अवस्थामा थिइन् । घटना स्थल पुग्दा उनी भित्रि बश्त्र ब्रा र पेन्टीमा मात्र थिइन् । उनले लगाएको ज्याकेट, टि शर्ट, समिज , जिन्सको पेन्ट , ट्राउजर र चप्पल त्यहि रुख नजिकै फेला परेको छ ।

उनले लगाएको ड्रेसअपमा सलको आवश्यकता पर्दैन । उनले प्रयोग गरेको सल उनको घर कै हो । घर बाट नै आत्महत्या गर्ने उदेश्यले सल लिएको आएको देखिन्छ । अहिले शवलाई पोस्टमार्टमको लागि शिर मेमोरियल अस्पताल लागिएको छ ।

उनका २ दाजुहरु छन् । कान्छो दाइ बिदेशमा रहेछन भने जेठो काठमाडौँमा रहेछन । उनको बुबाले २ विवाह गरी काठमाडौँ बसेको खुलेको छ । हामीले अहिले नै आत्माहत्या भनेर घोषणा गरेका छैनौ । तर अरु कसैले आएर सडकको छेउ मै युवतीको ति टाइट कपडा खोलेर हत्या गरेको जस्तो भने देखिदैन । त्यसमाथि घर कै सल प्रयोग भएको छ ।

परिवारले बताए अनुसार उनी धेरै नबोल्नी, आफै सुरमा चल्ने, भनेको कुरा पुरा हुनु पर्छ भन्ने स्वभावको थिइन् । घटनाको थप अनुसन्धान भईरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक गिरीसंगको कुराकानीमा आधारित ।

 

खाबासि गजल संग्रहबाट साभार ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...