ताप्लेजुङ जिल्लाको फोक्टुलुङ गाउँपालीका ६ घुन्सामा, घुन्सा फाउण्डेशनद्वारा हस्पिटल निर्माण ।
जेरुङ फिल्मस सिंवाददाता, ३ मंसिर–काठमाण्डौं । ताप्लेजुङ जिल्लाको फोक्टुलुङ गाउँपालीका वडा नं. ६ घुन्सा, यस हिमाली गाउमा घुन्सा फाउण्डेशनद्वारा स्वस्थ्य ईकाई हस्पिटल निर्माण गरिएको छ । पूर्वीय नेपालको ३५९५ मिटरको उचाईमा अवसस्थित घुन्सामा जन्मिनु भएकी घुन्सा फाउण्डेशनका अध्यक्ष समाजसेवि याङजोम शेर्पाले आफनी आमा गुमाएको पिडाले, उनको आमाले नौ महिना कोखमा राखेर जन्म दिईन तर न्यानो काखमा राखेर हुर्काउनु पाउनु भएन, उनी आमाको न्यानो काखमा बसेर छात्तिमा तासिएर आमाको अमृत पिउन पाईन, आमाको न्यानो मायाको अनुभुति पाउन सकिन,
त्यसैले उनले आजसम्म आमाको माया खोज्दैछिन, यसै क्रममा उनी जस्तै गाउका नवशिशुहरु आमा विहिन हुनु नपरोस, गाउका मानिसहरुले उपचार नपाएर अकालमै ज्यान गुमाउनु नपरोस भन्ने पवित्र सोचले उनले लामो समयसम्मको अभियानबाट यो हस्पिटल निर्माण गर्न सफल भईन। उनी सानो हुदा प्रसुति पिडाबाट मृत्यू भएकी आफ्नी आमाको सम्झना स्वरुप यो हस्पिटल निर्माण गरिएको सामाजिक अभियन्ता तथा घुन्सा हस्पितलका अध्यक्ष हिमाली चोङदुक शेर्पाले बताउनु भयो ।
अबको नयाँ पिडीहरुले यस्ता समस्याहरु खेप्न नपरोस् भनेर सबैको सुविधाको लागी यो हस्पितल निर्माण कार्य गरिएको समेत उहाँले खुलानु भयो । नेपाल सरकार तथा सरकारी गैर सरकारी संघ संस्थाको कुनै सहयोग बिना नै देश बिदेशमा रहेका नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुको आर्थिक सहयोगमा यो हस्पिटल निर्माण गरिएको उहाँले बताउनु भयो ।
यस हस्पिटलमा ३ वटा शैया भएको बिरामी सुत्नेकोठा , १वटा शैया डेलीभरी कक्ष, मेडिकल कक्ष, रिसेप्सन, आधुविक बाथरुम लगायत उपयुक्त सेवासुविधा सहितको सुन्दर हस्पिटल बनेको छ भने अगाडी आगनमा सुन्दर गोलघर बनेकोछ, जहा बिरामीहरु र विरामी कुरुवाहरुले घाम ताप्न र आरम गर्न उपयुत्तछ भने यहा सबै सहयोगी मनहरुको नाम लेखेर राखिनेछ ।
सामाजिक तथा राजनीतिज्ञहरुको लागि निकै चोटिलो उदाहरणीय बनेकोछ, दुर्गामी गाउमा यति छोटो समय अवधीमा ठूलो भवन, कोठा, गोलघर, सहित कमपाउण्ड पुरै ४० दिनमा नै निर्माण कार्य सम्पन्न भएको छ । जम्मा निर्माण लागत ३५ लाख, समाग्री खरिद, धुवानी गरी करिब एक करोड भन्दा माथी खर्च भएको निर्माण समितिका अध्यक्ष हिमाली चुम्दाक शेर्पाले जनाएको छ ।
हिमाली पर्यटन व्यावसायीहरु, स्वदेशी तथा विदेशी पर्यटक लगायत किरात धर्मलम्बीहरुलाई समेत लक्षीत गरि, लेक लागेर बिरामी हुदाँ सजिलै उपचार गर्न सकिने अध्यक्ष हिमाली चुम्दाक शेर्पाले बताउनु भयो । करिब १५० देखि ३०० जना सम्मलाई वार्षिक रुपमा सजिलै उपचार गर्न सकियोस भन्ने लक्ष्य रहेको समेत उहाँले बताउनु भयो । जसको सहयोगी हात तथा मनहरुमा आझै पनि सहयोगको आसा गरिएको उहाँको भनाई थियो
निर्मादित हस्पिटललाई यहि कात्तिक २५ गते प्रधान मन्त्री के पी ओलीद्वारा उदघाटन गर्ने योजना बनाए पनि, केही पराविधिक कारणवश अलि पछाडी सारिएको उहाँले बताउनु भयो ।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...