असुरक्षा बढेको पत्रकारको गुनासो

wwwjerungfilmswwwjerungfilms 16 Nov 2018

 

जेरुङ फिल्मस संवाददाता, ३० कात्तिक–काठमाण्डौं । २३ गते नागरिक दैनिकका रुकुम संवाददाता लोकेन्द्र खनाललाई छुरा प्रहार गरी गम्भीर घाइते पारियो । रुकुमको बाफियाकोट–६ मग्मामा स्थानीयवासी सोनु परियारको शुद्धि कार्यक्रममा जाँदै गरेको बेला स्थानीयवासी कमलजङ्ग खनाल, कर्णबहादुर कुसारी, कनिल कुसारीलगायतले पत्रकार खनालमाथि साङ्घातिक आक्रमण गरेपछि उहाँको उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गा लगिएको थियो ।

यही कात्तिक ८ गते समाचार लेखेको विषयमा अमेरिकामा रहेका नेपाली पत्रकार लोकमणि राईमाथि प्रदेश नं १ का मुख्यमन्त्रीका सहयोगी पारु हाङ राई र उमेश राईले कुटपिट गरेर गम्भीर घाइते बनाए । बिहीबार रेडियो थाहा सञ्चारमा कार्यरत पत्रकार देवीराम देवकोटामाथि यातायात व्यवसायीले आक्रमण गरी घाइते बनाएका छन् ।

बेलुका परिवारसहित काठमाडौँ जान कोहलपुर बसपार्क पुगेका पत्रकार देवकोटालाई बस चढ्ने क्रममा टिकटअनुसार सिट नपाएपछि सिट माग्ने क्रममा सिट छैन मुडामा बसेर जाने भन्दै यातायात व्यवसायीले एक्कासि आक्रमण गरेका थिए । यसरी विभिन्न बहानामा आक्रमणमा पर्ने पत्रकार खनाल, राई र देवकोटा प्रतिनिधि मात्रै हुन् ।

नेपाल पत्रकार महासङ्घका अनुसार वैशाखदेखि हालसम्म प्रेस स्वतन्त्रता उल्लङ्घनका ३५ घटना भएका छन् । जसमा बेपत्ता एक, कब्जा÷अवरोध चार, आक्रमण १२, धम्की १२, पक्राउ नौ र दुव्र्यवहारसम्बन्धी ११ वटा घटना भएका छन् । वि सं २०७४ मा त्यस्ता ६३ वटा घटना भएका थिए ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समयमा पत्रकारमाथि गिरफ्तार, आक्रमण र धम्की बढ्दै गएको देखाउँछ भन्नुभयो । अध्यक्ष आचार्यले नयाँ मुलुकी संहिता जारी भएपछि महासङ्घले राजधानीका ३५ वटा मिडिया गृहमा गरेको अनुगमनका क्रममा अत्यन्तै त्रसित मानसिकताका साथ समाचार सम्प्रेण गरिरहेको पाइएको बताउनुभयो ।

उहाँले राज्यले प्रेसलाई जिम्मेवार र मर्यादित बनाउने नाममा प्रेसमाथि अङ्कुश लगाउन खोजेको आरोप लागनउुभयो । राष्ट्रिय मानव अधिकार आयोगले अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्ने पत्रकारविरुद्ध भइरहेको हत्या, आक्रमण र धम्कीका घटनाको परिप्रेक्ष्यमा अभिव्यक्तिको स्वतन्त्रताको संरक्षण गर्ने सुरक्षा संयन्त्र गठन कार्यविधिसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरिरहेको छ ।

आयोगले कुनै पनि कारणले अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमणको जोखिममा रहेका पत्रकार र अन्यलाई संरक्षण प्रदान गर्ने उद्देश्यले निर्देशिका जारी गर्न लागेको हो । आयोगका अध्यक्ष अनुपराज शर्माले अनुगमन, अनुसन्धान र जनचेतना अभिवृद्धिमार्फत सम्भव भएसम्म अभिव्यक्तिको स्वतन्त्रतामाथि हुने आक्रमण नियन्त्रण गर्ने उद्देश्यले पनि सम्बन्धित क्षेत्रका विज्ञको सुझावका आधारमा निर्देशिका जारी गर्न लागिएको जानकारी दिनुभयो ।

फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाले सञ्चारमाध्यमसँग सम्बन्धित ऐनलाई सुधार गरेर लैजानुपर्ने धारणा राख्नुभयो । प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले सामाजिक सञ्जालका गतिविधिलाई हेरेर कानून बनाउनु गलत हो भन्नुभयो । पत्रकार महासङ्घले विभिन्न बहानामा पत्रकारमाथि आक्रमण गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको ठहर गरेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...